Videoभिडियो

ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)

तनहुँ । गोरखा भच्चेकमा जन्मिएकी ठूलीमाया तामाङ ९४०० लाई सानैदेखि दुःखले छोडेन । पढ्न नपाएपनि व्यवहारिक सीपलाई प्रयोग गर्दै उनले आफ्ना दुःख घटाउँदै गइन् । ठेलामा व्यापार थालेयता ठूलीमायाले धेरथोर सम्पत्ती जोडिन् । तीन छोराको राम्रैसँग लालनपालन गरिन् ।

हाल तनहुँको ऐना पार्कको डरलाग्दो भीरमुनी उनले ठेलामा पसल राखेकी छन् । पुसको यो कठ्याङ्ग्रिदो जाडोमा ठूलीमायाले राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुलाई चिया, खाजा बेच्छिन् । रमणीय ठाउँ भएकाले धेरै मानिस ऐना पार्कमा रोक्किन्छन् । मोटरसाइकल, गाडी रोकेर यात्रुहरु नजिकैको झरना अवलोकन गर्दै खाजा खाइ आफ्नो गन्तब्यतिर लाग्छन् ।

ठूलीमायाले चिया, चाउमिन, आलु चप, पानीपुरी, चटपट, चाउचाउ लगायतका खाद्य सामग्री बेच्छिन् । ‘पसल राखेको सुरुको दिन त १० हजार जतिको व्यापार भयो, त्यसपछि यहाँ चल्नेरैछ भन्ने लागेर सधैं ठेला लिएर आउन थालें’, उनले भनिन् । डरलाग्दो चट्टानी भीरमुनी पसल चलाउने ठूलीमायासँग हामीले कुराकानी गरेका छौं । बाँकी भिडियोमा हेर्नुहोस् ।

Related Articles

Back to top button
Close