भिडियो

बिरामी श्रीमतीलाई अस्पतालको बेडमै छोडी श्रीमान फ*रार ! श्रीमानलाई दिईन अन्तिम संदेश (भिडियो सहित)

कैलाली मोहना- १ घर भई हाल भक्तपुरमा बस्दै आएकी कोमला राम्जाली मगर एती बेला बिचल्लीमा परेकी छिन् । क्यान्सर पिडित कोमलालाई अस्पतालमा छाडेर श्रीमान अचानक बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन् । डेढ वर्षदेखि रगतमा इन्फेक्सन भएर पेटबाट सुरु भएको ट्युमर घाँटीसम्म फैलिएको थाहा भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । श्रीमानले पहिला लगभग १४ लाख खर्च गरेको र केही महिनादेखि सम्पर्क बिहिन भएको बताएकी छिन् ।

पैसा अभावका कारण अहिले उपचार नगरी बसिरहेकी कोमलाको कोठा भाडा र उपचार खर्च जुटाउन निकै गाह्रो भएको बताउँछिन् । श्रीमानले बिदेशमा कमाएको पैसा क्यान्सरको नाटक गरेर सिध्याएको भनि आरोप पनि लगाएको उनले बताईन् । उनका श्रीमानले अनेक यातना पनि दिने गरेको र त्यस पश्चात अस्पतालको बेडमा एक्लै बस्नु परेको सुनाईन् । बाँकी भिडियोमा हेर्नुस् :

यो पनि समाचार

ठूलो छोरा दुई वर्षको छ । अहिले सुत्केरी भएको २० दिन भैसक्यो तर तीन छाक देखि खान पाएकी छैनन् । घरमा खानेकुरा केही छैन । तर श्रीमान भने सुत्केरी भएको भोलीपल्ट घर आएका थिए तर एकछिन बसेर फेरी फर्किए ।

श्रीमानको अरु महिलासंग सम्बन्ध भएका कारण आफुलाई वेवास्ता गरेको ति महिलाको भनाई छ । यो भिडियोमा प्रस्तुत भएको कथाले पक्कै पनि जो कसैको मन पग्लन सक्छ । घरमा खानेकुरा केही नभएपछि सासु ससुराले पनि होटलमा गएर खान्छन् घरकी सुत्केरी भने भोकै । श्रीमानले वेवास्ता नगरेपछि घरका अन्य सदस्यले पनि वास्ता गर्दैनन् ।

दुई वर्षको बालकले त खान पाएका छैनन् तर भर्खर जन्मेको शिशुले पनि खान पाएन । सुत्केरी आमाले केही खान नपाएका कारण दुध पनि आएन । भर्खरै सुत्केरी भएको बेलामा पनि घरका परिवारले सहयोग नगरेपछि रगत बगाउँदै घरको घरधन्दा आफै गर्नुपरेको सुत्केरी महिलाले बताइन् ।

अन्य घरका सदस्यले खाएको भाँडाकुँडा पनि सुत्केरीले नै माझ्दै आएको बताइन् । सुत्केरीले पानी खान माग्यो भने जवाफ लगाउँदै हिड्ने गरेको उनको गुनासो छ । घरमा खानेकुरा नभएपछि उनी दुई दिन भोकै सुतीन् । घरमा भएकै खानेकुरा पनि बनाएर खान दिने कोही छैनन् । कामका लागि भनेर हिडेका श्रीमानले एक रुपैया पनि श्रीमतीलाई दिँदैनन् ।

घरमा भएका परिवारका सदस्य पनि विहानै उठेर हिड्छन् घरकी सुत्केरीलाई खान दिने वास्ता पनि गर्दैनन् । सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछि उनलाई अहिले सहयोग गर्नेहरु घरमै पुगेका छन् । कपडा र खानेकुराहरु लिएर गएका सहयोगीहरुलाई उनले धन्यवाद दिएकी छन् ।

Related Articles

Back to top button
Close