News

भोली सार्वजनिक विदा !

माघ १२ गते, आइतवार सार्वजनिक विदा दिइएको छ । एक सूचना निकाल्दै काभ्रेको रोशी गाउँपालिकाले विदा दिएको हो । गाउपालिकाले यस अघि नै सोनाम ल्होछारका अवसरमा तीन दिन माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ’ उनले भने ।

उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

यो पनि,
२०७६ सालमा १५ दिनमात्र सार्वजनिक विदा कुन महिना के को विदा

सरकारले वि।स। २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।

पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ ।

त्यस्तै सम्बन्धित धर्म, सँस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ ।

०७६ बैशाख

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।

जेठ

जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ । किराँत÷राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठको अवसरमा ४ गते विदा परेको हो ।

असार

असार महिनामा देशभर लागु हुनेगरी सार्वजनिक विदा परेको छैन ।

साउन

साउन महिनामा पनि देशभर लागु हुनेगरी सार्वजनिक विदा परेको छैन । तर काठमाडौं उपत्यकामा गाइजात्रा मनाउन साउन ३१ गते विदा दिइएको छ ।

भदौ

भदौमा देशभर लागु हुनेगरी सार्वजनिक विदा नभएपनि महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीजको विदा दिइएको छ ।

काठमाडौं उपत्यकामा इन्द्रजात्रा भदौ २७ मनाउन विदा दिइएको छ । गौरा पर्व मनाइने क्षेत्रमा भदौ ६ गते विदा दिइएको छ ।

असोज

असोज महिनामा देशभर लागुहुने गरी धेरै विदाहरु परेका छन् । असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक विदा परेको छ ।

असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ । असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

कात्तिक

कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ । सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती ९कात्तिक २६०, फाल्गुनन्द जयन्ती ९कात्तिक २५० बिदा दिइने छ ।

मंसिर

मंसिरमा देशभर लागु हुनेगरी सार्वजनिक विदा परेको छैन । तथापी अन्य केही विदाहरु भने छन् । छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद ९इदुल जोहा०, किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६ मा विदा दिइनेछ ।

पुस

पुसमा पनि देशभर लागुहुने गरी सार्वजनिक विदा परेको छैन । इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५ मा विदा परेको छ ।

माघ

माघ महिनामा देशभर लागुहुनेगरी सार्वजनिक विदा परेको छैन । तर माघे सक्राङ्न्ति९माघी पर्व० माघ १, सोनाम ल्होसार माघ ११ का अवसरमा सम्बन्धितलाई विदा दिने जनाइएको छ । यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ ।

फागुन

त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।

ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व ९झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी०, धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने उल्लेख छ ।

फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तराष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ ।

चैत

चैत महिनामा कुनै पनि सार्वजनिक विदा परेको छैन ।

यी दिवसमा कार्यालय खुल्ने

सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ । गणतन्त्र दिवस जेठ १५, निजमती दिवस भदौ २२, राष्ट्रिय एकता दिवस पुस २७, राष्ट्रिय शहीद दिवस माघ १६, राष्ट्रिय शहीद दिवस माघ १६, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस जेठ २१ लाई राष्ट्रिय दिवसका रुपमा मनाइए पनि कार्यालय भने खुल्ला रहनेछन् ।

यसैगरी विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिब बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् ।

अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर बिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदी जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पुर्‍याइ सट्ट बिदा बस्न सक्नेछन् ।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् ।

Related Articles

Back to top button
Close