मनोरन्जन

हिमाल हाँसेको हेर्न मज्जा आउँछ : राजु लामा

गायक राजु लामा ४२ वर्षका भए । सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट लामाका बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् । उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् । २५ वर्षभन्दा लामो समयदेखि गायनमा सक्रिय लामा आफ्नो फिटनेसबारे भन्छन्

हाइकिङ गर्छु
मेरो फिटनेसको रहस्य हो, हाइकिङ । म अत्यधिक हाइकिङ गर्छु । नेपाल र न्युयोर्क हुँदा पनि हिँडिरहेको हुन्छु । काठमाडौंबाट नजिकका शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत ठाउँमा म हाइकिङ गइरहन्छु । साथी भेटेमा साथीसँगै र कहिलेकाहीँ एक्लै पनि हिँड्छु । हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छु । यसले मन स्थिर र शान्त बनाउँछ । शारीरिक र मानसिक फिटनेसका लागि योगा राम्रो माध्यम हो ।

प्रकृतिप्रेमी छु
मलाई जंगल र उकालो–ओरोलो बाटो हिँड्न खुब मन लाग्छ । काठमाडौंनजिक यस्ता धेरै हाइकिङ ट्रेल छन् । हाइकिङले रिफ्रेस गराउँछ । सहरको तनाव घटाउँछ । पहाडमा हिँड्दै हिमाल हाँसेको हेर्न बेग्लै मज्जा आउँछ ।

हाँसिरहन्छु
मलाई डिम्पल ब्वाई पनि भन्छन् । यो हाँसो गडगिफ्टेड नै हो । यस्तो स्माइलिङलाई कसरी जोगाएको पनि भन्छन् । जे छ, त्यसैलाई थप माया गर्ने हो । म आफू र अरूलाई निराश बनाउँदिनँ । सकेसम्म हँसाउँछु । हिँड्दा गीत गुनगुनाउँछु । गायकका लागि रियाज पनि महत्वपूर्ण रहन्छ । निराशापन र नेगेटिभिटीबाट टाढा छु ।

नागार्जुन डाँडा, सुन्दरीजलपारि, फुलचोकी, नगरकोट, नमोबुद्धलगायत ठाउँमा गइरहन्छु । हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छु ।

यात्रा गरिरहन्छु
म यात्रा गर्न रुचाउँछु । यात्राले नयाँ–नयाँ समाज नयाँ प्रकृतिको नजिकै पु-याउँछ । २०१९ को अप्रिलमा म लाङटाङ पुगेँ । त्यहाँ पुग्दा हिमाल देखेपछि, ‘हिमालझैँ अटल, माया लगाउँला, खोलाझैँ सङलो माया पिरती गाँसौँला’ शब्द फु-यो । कम्पोज गरिसकेको छु । प्रकृतिमा आफूलाई भुलाउन सके मानिस थप स्वस्थ हुन्छ । त्यसैले सहरदेखि टाढा यात्रा गरिरहन्छु । कर्ममा विश्वास गर्छु । उतार–चढाव आउँछन्, तैपनि एक्लो महसुस गर्दिनँ ।

सरल जीवनयापन गर्छु
म सरल छु । मनमा पीर प-यो भन्दैमा तनाव लिन्नँ, आवेशमा आउँदिनँ । पोजिटिभ समाधानतिर लाग्छु । संगीतमा भुल्छु, यसले धेरै मनहरूलाई जोड्छ । तडकभडक जीवनयापनबाट टाढिन्छु । अध्ययन पनि गर्छु । जे गर्दा पनि आत्मसन्तुष्टि लिएर गर्छु । भागदौड गरेर मनमा अशान्ति मच्चाउँदिनँ । खानपानमा पनि एकदम सरल छु, सकेसम्म सरल जीवनयापन गर्न सके रोगव्याधि लाग्दैन ।

Related Articles

Back to top button
Close