भिडियो

आँचल शर्मा र सलोन बस्नेत पहिलोपटक लोक दोहोरी गीतमा (भिडियो )

माघ १० काठमाडौं / लोकदोहोरीकी रानी चर्चित गायिका बिष्णु माझी र गायक जीवन पन्तको स्वरमा ‘चाइनेजो’ बोलको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलको उत्कृष्ट शब्द संयोजनमा जीवन पन्तले संगीत भरेको यश गीतलाई याम थापा मगरले एरेन्ज गरेका हुन्।

दिपेन्द्र तिमिल्सिनाको निर्देशन र कोरियोग्राफीमा तयार बनेको गीतको उत्कृष्ट भिडियोमा अभिनेता सलोन बस्नेत र नायिका आँचल शर्मा वरिष्ठ हाँस्यकलाकार रामचन्द्र अधिकारी ‘गोक्तेकाजी’ फिचर्ड रहेको छ । सम्भवत : लोकदोहोरी गीतमा सलोन र आँचल पहिलोपटक देखिएका हुन् ।

पछिल्लो समय सांगीतिक बजार फराकिलो बन्दै गइरहेको बेला एकपछि अर्को उत्कृष्ट गीतहरुले बजार तताइरहेको छ । (सार्थक डिजिटल ) युट्युब च्यानलबाट बजारमा आएको “चाइनेजो” गीतको भिडियो हेर्नुहोस :

Related Articles

Back to top button
Close