International

यिनी हुन् ११७ बर्सिय विश्‍वमै बढी बाँच्‍ने केन तनाका

जापानकी केन तनाका विश्वको सबैभन्दा पाको उमेरका व्यक्ति बनेकी छन् । उनले आफन्त र नजीकका साथीहरुसँग ११७ औं जन्मदिन मनाएकी छिन् । उनको जन्म २ जनवरी १९०३ मा भएको थियो । गत वर्ष ९ मार्चमा ११६ वर्ष ६६ दिन पुगेकी तनाकाको नाम गिनिज वर्ल्ड रेर्कडमा दर्ता गरिएको थियो ।

तनाका परिवारको सातौं सन्तान हुन् । उनी एक सामान्य पसल चलाएर आफ्नो गुजारा चलाउने गर्थिन् । उनी कोलोरेक्टल क्यान्सर पीडित थिइन् । क्यान्सरसँग लडेर उनले अहिले नँया जीवन पाएकी छिन् । उनीभन्दा अघि पाको उमेरको व्यक्ति जापानको अन्य महिला चियो मियाको थिइन् ।

जापानका मानिसहरु १०० वर्षभन्दा बढी बाच्ने रेर्कड छ । जापानीहरु अन्य देशका मानिसहरु भन्दा कम बिरामी हुन्छन् । स्वस्थ जीवन शैलीका कारण त्यँहाका मानिसहरु तन्दरुस्त छन् । सबैभन्दा पुरानो पाको उमेरको रेर्कड अझै पनि जापानको नाममा छ । जुन जापानको लागि ठूलो समस्या पनि बनेको छ ।

Related Articles

Back to top button
Close