ताजा समाचार

इटहरीमा नेपालकै पहिलो ६ तले स्मार्टपार्किङ्ग

काठमाडौं, २३ पुस । नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ ।इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । त्यहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्र्तगत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ ।करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ ।

निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ ।पछि १ मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सवै अटोमेटिक हुने छ ।त्यहाँ गाढि धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले वताए ।इटहरीमा वढदो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक वन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।

Related Articles

Back to top button
Close