International

अष्ट्रेलियामा डढेलो: घाइते आमाको शल्यक्रियामा पनि छोडेन बच्चाले, छातीमा टाँसियो

एजेन्सी। अस्ट्रेलियामा तीन महिना देखि लागेको डढेलोका कारण त्यहाँको अवस्था निकै नाजुक छ । ५० करोड भन्दा बढी जनावर र दुई दर्जन बढी मानिसको निधन भएको छ । सयौं घरहरु ज लेर न ष्ट भएका छन् । गत सेप्टेम्बरदेखि लागेको भीषण डँढेलो निय न्त्रण मा नआउँदा करिब ५० लाख जनावरको निधन हो । लाखौंको संख्यामा रहेका जनावर मध्ये आ गोले प्रभावित केहीको उद्दार गरेर उपचार भइरहेको छ।

यही क्रममा सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ। जसमा एक बच्चाले आमालाई देखाएको माया प्रष्ट देखिन्छ । घाइते अवस्थामा रहेकी कोआला (जनावर) लाई उसको बच्चाले देखाएको माया सामाजिक सञ्जालमा भाइरल भएको हो । विपतको अवस्थावाट गुज्रिएका उनीहरुलाई अस्पतालमा ल्याइएको थियो । अस्ट्रेलियाका जीव वैज्ञानिकले आमा कोआला (जनावर) को नाम लिज्जी र बच्चाको नाम फेन्टम राख्ने गरेका छन्।

बच्चाका लागि आमाको प्रेम सबैभन्दा ठूलो हुन्छ। त्यही माया जब टु ट्दै छ भन्ने थाहा पाएको बच्चा बे चैन हुन्छ । दुई साताअघि अस्ट्रेलियामा आ ग लागीबाट जोगिन फेन्टमकी आमा लिज्जी सडकबाट भाग्दै थिइन। यही क्रममा लिज्जी घाइते भइन्। उसले आफ्नो बच्चालाई भने बचाई । अष्ट्रेलिया चिडियाखाना वन्यजीव अस्पतालमा बच्चा र आमालाई पुर्याएको थियो। अस्पताल अस्ट्रेलियाका ख्यातिप्राप्त जीव वैज्ञानिक स्टीभ इर्विनले बनाएका हुन्।

यही अस्पतालमा ल्याइएका उनीहरुको बात्सल्यता देखेर चिकित्सकहरु पनि अचम्म परे । आमाको शल्यक्रिया भइरहँदा फेन्टमले आमालाई छाड्न मानेको थिएन। आमाको छातीमा यसरी टाँसिएको थियो की त्यो देखेर जो कसैको मन पनि मग्लन्थ्यो । शल्यक्रियाको क्रममा आफ्नी आमा लिज्जीसँग टाँसिएको बच्चालाई सुरुमा चिकित्सकले हटाउने कोशिष गरे तर उसले मानेन । तर टसका मस नभएकी फेन्टमसँग डाक्टरहरूको पनि केही लागेन्।

डाक्टरहरूले लिज्जीलाई फोक्सोमा सं क्र मण र अनुहारमा चोटपटक लागेको बताएका छन्। हामीले उसको शल्यक्रिया गर्नुपर्‍यो। तर, लिज्जीले फेन्टमलाई आ गो बाट जोगाइन्। त्यसैले फेन्टम सुरक्षित छन्। उनलाई कतै चोट लागेको छैन, उपचारमा संलग्न डाक्टरहरू भन्छन्। डाक्टरले लिज्जीको सफल अपरेशन गरेका छन्। अपरेशन अवधिभरी डक्टरहरूले फैन्टमलाई आमासँग बस्ने अनुमति दिए। लिज्जीको शरीरको घाउँ बिस्तारै पुरिदैँछ।

Related Articles

Back to top button
Close