International

इरानमा १८० यात्रु सवार विमान दुर्घटना

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।

युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

अन्य समाचार

विपिन कार्की स्टारर फिल्म ’सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा विपिन कार्की ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन् । ट्रेलर हेर्नुस् :

ड्रामेडी (ड्रामा र कमेडी) जनरामा निर्माण भएको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्कीको मुख्य भूमिका रहेको छ । ’सेल्फी किङ’मा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा नायिका केकी अधिकारीले एक गीतमा नृत्य प्रस्तुत गरेकी छिन् ।

फिल्म ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको ’सेल्फी किङ’मा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छाँयांकन र जिवन थापाको सम्पादन रहेको छ । यो फिल्म माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।

Related Articles

Back to top button
Close