ताजा समाचार

न्युयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको निधन, विद्यालय पुर्याउन लिएर हिँडेको छोरालाई बिच बाटोमै गुमाइन् आमाले

काठमाडौं, २३ पुष । अमेरिकाको न्यूयोर्कमा ट्रकको ठ क्करबाट एकजना नेपाली बालकको निधन भएको छ भने उनकी आमा ग म्भीर घाइते भएकी छन् । उनीहरुलाई फोहर बोक्ने ट्रकले ठ क्कर दिएको हो ।

न्युयोर्क शहरको फोहोर संकलन गर्दै हिडेको ट्रकले ठ क्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको निधन भएको हो । घट नामा उनकी आमा मिना पन्थी घाइते भएको र उनको उपचार भइरहेको छ ।

दुर्घ टनामा परी दुवैजना घाईते भएकोमा उपचारका क्रममा बालकको निधन भएको हो । दुर्घ टना लगत्तै आमा छोरालाई एल्महस्र्ट अस्पताल लगिएको स्थानिय समाचार संस्थाहरुले जनाएका छन् । श्रीजलको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

छोरालाई विद्यालय पुर्याउन जाँदै गर्दा उनीहरुलाई ट्रकले ठ क्कर दिएको थियो । ट्रकले उछि ट्या एर आमाछोरालाई फरक(फरक स्थानमा पुर्याएको थियो । छोरालाई भेट्न उठेर हिड्न खोजेकी आमा सकिनन् । उनको खुट्टा कि चिए का कारण उठ्न नसकेकी हुन् ।

उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठ क्कर दिएको बताइएको छ । आफ्ना बालबालिकालाई विद्यालय पुर्याउन हिँडेकाहरुले त्यो घ टना देखेका थिए । त्यो घ ट नालाई प्रत्यक्षदर्शीले हृदय वि दारक भनेका छन् ।

मृ तक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ । पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन् । क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन ।

Related Articles

Back to top button
Close