ताजा समाचार

खाडी मुलुकमा समस्या परे तत्काल नेपालीकाे उद्धार गरिने

अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताएका छन् ।

मध्यपूर्वी क्षेत्रमा तनाव देखिने बित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उहाँले परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् । श्रम र परराष्ट्र सचिवस्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ थियो ।
खाडीका मुलुकमध्ये साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् । यस्तै यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ ।

Related Articles

Back to top button
Close