News

चीनले इरानलाइ साथ दिदै भन्यो इरानविरुद्धको अमेरिकी कदम अन्तर्राष्ट्रिय मान्यताविपरीत

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्या न जाने गरी अमेरिकाले गरेको आ क्रमणप्रति चीनले विमति जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताउनु भएको छ । प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी भनेका छन्, ‘चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति-सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ।’

उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियरसम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराउनु भयो । इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आए पनि सुआङले उल्लेख गर्नुभयो। अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौताबाट हात झिकेको थियो। सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिं’सात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेकोबताउनु भएको छ ।

‘जहाँसम्म अन्तर्राष्ट्रिय मामिलाको कुरा हो। चीन जहिल्यै हिं’सा’त्मक कारबाहीको विपक्षमा छ’ उहाले भन्नुभयो, ‘हिं’साले समाधान दिँदैन।’ ‘न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्छ। त्यो नै समाधानतर्फको प्रस्थानबिन्दु हुनेछ’, सुआङलाई उधृत गर्दै ग्लोबल टाइम्सले समाचार लेखेको छ।

भारतीय विदेशमन्त्रीद्वारा अमेरिकासहित विभिन्न देशका समकक्षीसँग फोनवार्ता

भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गर्नुभएको छ ।

विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, संयुक्त अरब इमिरेट्स (यूएई) का शेख अब्दुल्लाह बिन जायद अल नयन र ओमानका परराष्ट्र मन्त्री युशुफ बिन अलादी बिन अब्दुल्लाहसँग आइतबार फोनवार्ता गर्नु भएको जनाइएको छ ।

उहाँले राति पछिल्लो समयमा खाडी मुलुकमा विकास भएको अवस्थालाई लिएर अमेरिका, युएई र ओमनका विदेशमन्त्रीहरुसँग फोनवार्ता भएको कुरा आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराउनुभएको छ ।

पछिल्लो समयमा अमेरिका र इरानबीच तनाव बढेको छ । यस विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा उहाँहरुबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उहाँले युएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद र ओमानका परराष्ट्रमन्त्री युशुफ बिन अलावी बिन अब्दुल्लाहसँग इरानमा विकसित परिस्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरेको जानकारी गराउनुभएको छ ।

वार्ताका क्रममा खाडी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा आ–आफ्ना धारणा आदानप्रदान भएको जानकारी गराउनुभएको छ
त्यसक्रममा विदेशमन्त्री जयशंकरले खाडी क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षाका विषयमा भारतको चासो रहेको उहाँहरुलाई बताउनुभएको थियो ।

यसअघि विदेशमन्त्री जयशंकरले इरानी समकक्ष मोहम्मद जावेद जरीफसँग पनि फोनवार्ता गरी खाडीमा व्याप्त तनावको अवस्थालाई कम गर्न इरानले मुख्य भूमिका खेल्न सक्ने बताउनुभएको थियो ।

इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मा रिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव उत्पन्न गरिदिएको बताइएको छ ।
शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मा रिएका थिए ।

यसका कारण अमेरिका र खाडी देशका बीचको तनाव थप बढेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।

अमेरिकाले विगतदेखि नै ‘आ’तङ्क’का’री’ समूहको नाइके बताउँदै आएको सुलेमानी अमेरिकी सेनाको कारबाहीमा मारिएपछि इरानले अमेरिकासँग ब दला लिने ध म्की दिएको छ
तर उ त्तेजक नहुन र संयमता अपनाउन विभिन्न देशले इरानलाई आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले पनि आलोचना गरेका छन् । तर यूरोपेली सङ्घले भने थप हिं सा भ ड्किन नदिन सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।

बग्दादमा भएको यस आ क्रमणले खाडी क्षेत्रमा हाल जारी रहेको तनावलाई थप बढाउने आशङ्का विश्व समुदायले गरेको छ । उता अमेरिकाले पनि यदि इरानले आफ्नो क्षेत्र तथा अमेरिकी नागरिकमाथि हमला गरेमा इरानका विभिन्न क्षेत्रमा आ क्रमण गर्ने योजना बनाएको बताएको छ ।

यसै विषयमा यतिखेर विश्व समुदाय चिन्तत रहेको र विदेशी समुदायले पनि आ–आफ्ना क्षेत्र र समकक्षीहरुसँग आपसमा वार्ता गरी खाडीको तनावलाई कसरी कम गर्ने भन्ने बारेमा परामर्श गरिरहेका बताइएको छ ।

तनाव न्युनिकरणका लागि जापानका प्रधानमन्त्री सिन्जो आबे मध्यपूर्व जाने

जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्नुहुने भएको हो ।

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले आबे यही जनवरी १२ देखि जनवरी १५सम्म मध्यपूर्वको भ्रमणमा जाने बताएका हुन् ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिनुभएको बताइएको छ । मध्यपूर्वमा सृजना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताउनु भएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।”

वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ
शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् ।

Related Articles

Back to top button
Close