International

इरानका विदेशमन्त्री जरिफलाई अमेरिकाले भिषा दिएन

एजेन्सी । अमेरिकी शहर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्रीलाई अमेरिकाले प्रवेषाज्ञा (भिषा) दिन अस्वीकार गरेको विदेशमन्त्री जावेद जरिफले मङ्गलबार बताउनुभएको छ ।

इरानी विदेशमन्त्री जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको धारणा राख्न जाने कार्यक्रम रहेको थियो । विदेशमन्त्री जरिफलाई उद्धृत गर्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा सहभागीता जनाउनका लागि संयुक्त राज्य अमेरिकाले प्रवेषाज्ञा नदिएको विदेशमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ । इरानी विदेशमन्त्रीले भन्नुभयो, “हामीलाई थाहा भए अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिवलाई फोन गरी जरिफलाई प्रवेषाज्ञा दिन समयका कारण असम्भव देखिएकाले उहाँलाई प्रवेषाज्ञा नदिने बताइएको थियो ।”

जवाफमा राष्ट्रसङ्घका महासचिवले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको पोम्पेओलाई बताउनुभएको इरानी वरिष्ठ कूटनीतिज्ञलाई उदृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था आइएसएनएले लेखेको छ ।

यद्यपि जरिफको प्रवेषज्ञा अस्वीकृत भएकोबारे वासिङ्टनद्वारा आधिकारिक पुष्टि भएको भने छैन ।

अमेरिकाले इराकको राजधानीमा ड्रोन आक्रमण गर्दा इरानी विशेष सुरक्षा बलका कमाण्डर जनरल कासिम सुलेमानीको मृ त्यु भएपछि अमेरिका र इरानबीच केही वर्ष यता देखिँदै आएको त नाब थप बल्झिने देखिएको छ ।

दक्षिण कोरियाली उच्च सुरक्षा सल्लाहकार अमेरिका
दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा जानुभएको छ । उहाँ मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको दक्षिण कोरियाली समाचार समिति, योन्हापले जनाएको छ । उहाँ अमेरिकापछि जापान पनि जानुहुने कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सल्लाहकार चुन एइ योङ कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनावका विषयमा आवश्यक सल्लाह गर्न अमेरिका र जापान जान लाग्नुभएको हो ।

कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका बारेमा सल्लाहकार चुनले आवश्यक अमेरिका र जापानसँग आवश्यक परामर्श गर्न लाग्नुभएको हो । दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ । तर उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन । उहाँले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा आवश्यक सरसल्लाह गर्नुहुने छ ।

Related Articles

Back to top button
Close