International

अमेरिका र इरान बीच युद्द हुने संकेत पाएपछि नेपाल सरकारले खाडीमा काम गर्ने नेपालीहरुलाई भन्यो, तुरुन्तै नेपाली दूतावाससंग सम्पर्कमा रहन गर्यो अनुरोध !

काठमाडौं : अमेरिका र इरानबीच त नाव चुलिएपछि नेपालले खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ। खाडीमा त’नाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्।

यस क्षेत्रमा रोजगारीका शिलशिलामा लाखौं नेपालीहरु रहेका छन्। नेपालका सरकारी अधिकारीहरुले सम्बन्धित देशका दूतावासलाई विकसित परिस्थितिबारे बुझ्न र खाडी क्षेत्रमा कार्यरत नेपालीहरुलाइृ दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरु र दूतावास नभएका देश हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्कमा रहन भनेको छ।

खाडीमा कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सरकारले ग’म्भीरता देखाएको हो। इरान अमेरिका त’नावको कोपभाजनमा फसेको द्वन्द्वग्रस्त इराकमा पनि करिब १५ हजार नेपालीहरु रहेको अनुमान छ। यद्यपीः सरकारसँग त्यहाँ रहेका नेपालीहरुको एकीन तथ्यांक छैन। इरानमा पनि हजारौं नेपालीहरु रहेको हुनसक्ने अनुमान छ।

मध्यपूर्वका देशहरुमध्ये साउदी अरेवियामा करिब चार लाख, कतारमा तीन लाख ५० हजार, युएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, बहराइनमा २५ हजार, ओमानमा २० हजार, लेबनान र जोर्डनमा क्रमश: १२/१२ हजार तथा इजरायलमा तीन हजार नेपाली रहेका छन्।

इरान–इराक र अमेरिकाबीच द्व न्द्व च’र्किए यी देशबाट नेपाली बाहिरिनुपर्ने अवस्था निम्तिन्छ । यसले नेपालमा आउने रेमिट्यान्समा पनि असर गर्छ ।
इरान र अमेरिकाबीच द्वन्द्व बढ्दा भारतमा पेट्रोलियम पदार्थ (पेट्रोल र डिजेल) अभाव हुनेछ । इरान, इराकबाट आयात गरेको पेट्रोल भारतले नेपालमा बेच्दै आएको छ ।

‘यो अवस्थामा तेलको अभाव र भाउ दुवै बढ्ने सम्भावना हुन्छ,’ एक पूर्वराजदूतले भने, ‘यसबाट नेपालको यातायात र विकासका कामसमेत प्रभावित हुनेछन् ।’ भारतले इराकबाट पनि पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । एक अनौपचारिक तथ्यांकअनुसार इरानबाट भारतले करिब ४० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सार्कको अध्यक्ष मुलुकका नाताले नेपालले विवेक प्रयोग गर्नुपर्ने वेला आएको बताए । ‘मध्यपूर्वमा परिस्थिति बिग्रिँदै गएको छ । यो सबैका लागि चिन्ताको विषय हो,’ पाण्डेले भने, ‘नेपालले सार्क मुलुकको अध्यक्षको हैसियतले शान्ति र स्थायित्वका लागि विवेकको आवाज उठाउनुपर्छ ।’

यी देशमा रहेका नेपालीले बर्षेनी तीन खर्ब रुपैयाँभन्दा बढी विप्रेषण पठाइरहेका छन्। अमेरिकाले इरान समर्थित लडाकुहरुमाथि ह वाई ह मला गरेपछि गतसाता बग्दादस्थित अमेरिकी दुतावासमा आ क्रमण भएको थियो। अमेरिकाले गरेको हवाई ह मला, त्यसको जवाफमा इरानी लडाकुले बग्दादस्थित अमेरिकी दुतावासमा गरेको आ क्रमण तथा पुनः त्यसको जवाफमा अमेरिकाले इरानी सर्वोच्च सैनिक जनरल सुलेमानीलाई मा रिदिएपछि मध्यपूर्वमा युद्ध सन्त्रास निम्तिएको छ। यदी यो क्षेत्र यु द्धतर्फ उन्मुख भए मध्यपूर्वका देशमा कार्यरत नेपालीहरुलाई समस्या पर्नेछ।

Related Articles

Back to top button
Close