News

पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा गरे देशकै बे’इज्जत, प्रहरीले गरे हस्तक्षे’प

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न अस्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशकै बे’इज्जत गरेका छन् । भ्रमण वर्ष प्रचार प्रसार गर्न सिडनीको सडकमा निकाल्न लागिएको र्‍याली स्थानीय प्रहरीले रोकिदिएको छ ।

र्याली निकाल्न स्वीकृति नदिएको भन्दै प्रहरीले रोकिदिएको हो । यो विषयबारे अस्ट्रेलियाका मिडियामा समाचार प्रकाशित भएपछि अन्तर्राष्ट्रियस्तरमा देशको बे’इज्जत भएको छ । सिड्नी काउन्सिलले र्याली निकाल्न दुई दिनअघि नै अनुमति दिएको थिएन ।

तर, पनि मन्त्री भट्टराईको जोडमा निकालिएपछि प्रहरीले रोकिदिएको हो । जु’लुसमा पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, काउन्सिल जनरल दीपक खड्कासहित नेपालीहरूको सहभागिता थियो ।

अष्ट्रेलिया अहिले शाे’कमा परेकाे छ । डँडेलोले ठूलो क्ष’ति भएर शो’कमा परेको अष्ट्रेलियामा भ्रमण वर्षको र्‍याली निकाल्न खोजेर मुलुककै बे’इज्जत हुने कार्य भएको छ । मन्त्री भट्टराईलाई वि’वादमा ल्याउने गरि भ्रमण वर्षको कार्यक्रम राखिएको देखिएको भन्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले आ’पत्ति जनाएका छन् ।

Related Articles

Back to top button
Close