भिडियो

भारतका लागि आफ्नो प्राण आहुति दिएका गोरखाका अर्जुन थापामगरका क्रिया बसिरहेका बुवाले घटनाको बेलिबिस्तार यसरी लगाए (भिडियो)

गोरखा, २२ पुस । नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आ त ङ्कवा दी आ क्रम णमा परी गोरखा नगरपालिका–५ ठूलोरिपका अर्जुन थापा मगरले ज्या न गु माए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आ त ङ्कवा दी ह मलामा अर्जुनको ज्या न गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शो कमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका भान्जा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्या न गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ । यतिबेला अर्जुनका बुवा मृ तक छोराको किरिया बसिरहेका छन् । किरिया बसिरहेका उनीसंग केहि मिडियाले गरेको कुराकानी हेर्नुहोस्-

Related Articles

Back to top button
Close