मनोरन्जन

एक खुट्टाले नाचेर परिचित बनेकी निलमको जीवनमा आधारित चलचित्र

काठमाडौं / जस्ले सुन्दर भविष्यको कल्पना गरेर अगाडि बढ्छ,उसैको जिन्दगीमा दैव पनि निष्ठुरी बनेर आइदिन्छ । कलिलै उमेरमा एक खुट्टा गुमाएकी निलम ढुङ्गानाको जीवनमा पनि पटकपटक भाग्यले छल गरेपनि, तर उनी कहिल्यै विचलित बनिनन् ।

संघर्ष नै सफलता हो भन्ने कुरा राम्रो सँग बुझेकी निलम एक सफल अनि चर्चित नृत्याङ्गना हुन् । उनी एक खुट्टाको सहारामा नाचेर लोकप्रिय छिन् ।

एक खुट्टाले नाच्ने कलाकार भनेर चिनिने कलाकार निलम ढुंगानाको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । निर्मल शर्माले निर्देशन गरेको उक्त छोटो चलचित्रमा निलमले जीवनमा भोगेका कुरा समेटिने छन् ।

चलचित्रको सुटिङ सकिएको र चाडै आइफ्लेसमा राखिने निलमले आवर बिराटनगरलाई जानकारी दिईन । चलचित्रको संगीत संजय श्रेष्ठले दिएका छन् भने एसोसियट डिरेक्टर कमल मैनाली रहेका छन् ।

Related Articles

Back to top button
Close