भिडियो

एक छोरालाई जन्म दिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चाहरू जन्मेपछि डाक्टर नै चकित विश्वभर बन्यो भाइरल भिडियो सहित

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्।
बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन्। त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो।
त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए।

त्यसरी जन्मेका जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेका र तिनीहरूलाई अस्पतालबाट घर पठाइसकिएको छ। बांग्लादेशको ग्रामिण क्षेत्रकी आरिफा सुल्तानाले उनको पहिलो बच्चा खुल्ना जिल्लास्थित खुल्ना मेडिकल कलेज अस्पतालमा जन्माएकी थिइन्।
त्यसको २६ दिनपछि नै उनलाई पेट दुखेपछि जेसोर जिल्लास्थित अद्दीन अस्पतालमा लगिएको थियो। “जब बिरामीलाई ल्याइयो हामीले उनको अल्ट्रासाउण्ड परीक्षण गर्‍यौँ र उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पायौँ,” उनको उपचार गरेकी स्त्रीरोग विशेषज्ञ डा. शीला पोद्दारले बीबीसीलाई बताइन्।

उनले भनिन्, “यो घटनाबाट हामी एकदमै स्तब्ध र आश्चर्यचकित भएका छौँ। मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ।” आरिफा सुल्ताना र उनका पति एकदमै गरिब भएकाले उनी गर्भवती भएका बेलामा पनि पहिले अल्ट्रासाउण्ड परीक्षण गरिएको थिएन।
सुत्केरी आमा र जुम्ल्याहा बच्चाहरूलाई चार दिनको अस्पताल बसाइपछि मार्च २५ तारिखमा घर पठाइएको थियो। सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा “दुईवटा पाठेघर हुने अवस्था मानिसहरूले सोचेजस्तो दुर्लभ भने होइन।”

“यदि पहिले नै गर्भवती अवस्थामा अल्ट्रासाउण्ड परीक्षण गरिएको भए दुईवटा पाठेघर स्पष्ट देखिने थियो,” गाइनेएमडी संस्थाका डा. क्रिस्टोफर ङले बताएका छन्।
उनी भन्छन्, “गर्भधारणका बेला महिलामा तीनवटा डिम्ब उत्पन्न भएको र ती तीनैवटा एकैपटक निषेचित हुन पुगेका हुनसक्छ र परिणाम स्वरूप तीनवटा भ्रूणहरू तयार भएको हुनसक्छ।”
आफ्ना बच्चाहरू देखेर आफूलाई साह्रै खुशी लागेको सुल्तानाले बताइन् तर कमजोर आर्थिक अवस्थाका कारण तिनीहरूलाई हुर्काउन आफूहरूलाई गाह्रो हुने उनको भनाइ रहेको एएफपी समाचार संस्थाले जनाएको छ। उनका पतिले भने “यो अल्लाहको चमत्कार हो की मेरा बच्चाहरू स्वस्थ छन्। म तिनीहरूलाई खुशी राख्‍न सबै प्रयास गर्नेछु।”

नवजात शिशुको जीवन सुरक्षित बनाउन…
अभिभावकको अज्ञानता, हेलचेक्य्राइँ र उचित स्याहारको अभावमा नेपालमा धेरै नवजात शिशुको अकालमै ज्यान जाने गरेको । जन्मेको २८ दिन वा महिना दिन उनीहरूका लागि निकै संवेदनशील मानिन्छ ।

हाल एक हजार जीवित जन्ममा ४० जना शिशुले ज्यान गुमाउने गरेका छन् । उनीहरूको ज्यान बचाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर, त्यसको प्रभाव सबै क्षेत्रमा परेको छैन । शिशुको ज्यान बचाउन आमा, बुवा, घरपरिवार र विशेषज्ञ चिकित्सकसँगै सरकारसमेत गम्भीर हुनुपर्ने देखिन्छ।
आमाको भूमिका : गर्भवती महिला शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ भएमात्र स्वस्थ शिशु जन्मिन्छ । गर्भावस्थामै शिशुलाई कसरी जोगाउने भन्नेबारे जानकारी हुनुपर्छ । तर, यहाँका अधिकांश आमा त्यसबारे अनभिज्ञ छन् र बच्चालाई केही समस्या आएपछि आत्तिएर अस्पतालमात्र धाउने चलन हावी छ । आमामा सानो ज्ञानको अभावमा शिशुले अकालमै ज्यान गुमाउनु विडम्बना हो ।

बुवा पहरेदार : गर्भावस्था होस् या बच्चा जन्मिएपछि, आमा विभिन्न खाले तनावबाट ग्रस्त भएको पाइन्छ । तनावले आमा र शिशु दुवैको स्वास्थ्य बिगार्छ । आमालाई तनावबाट मुक्त राख्न श्रीमान् सहयोगी बन्नुपर्छ । छोरी जन्मियो भने अहिले पनि आमालाई मानसिक रूपमा तनाव दिने गरिन्छ । मानसिक समस्याबाट ग्रस्त हुँदा आमाबाट दूध आउँदैन र आमाको दूध खान नपाउँदा शिशु बिरामी पर्छन् । श्रीमती गर्भवती भएदेखि शिशु जन्मिएर नहुर्केसम्म बुवा ठूलो पहरेदार बन्नुपर्छ । गर्भावस्थामा मात्र होइन शिशु जन्मिसकेपछि पनि आमाको स्वास्थ्य कमजोर बनेको हुन्छ । त्यस्तो बेला उनलाई मायासँगै हेरचाहमा समय दिनुपर्छ । बुवाको साथले दुःखमा पनि आमाको मनोबल बढ्छ । बुवासँगै घरपरिवारका अन्य सदस्यले पनि आमा र शिशुको हेरचाहमा साथ दिनुपर्छ ।

आमाको दूध : आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । दूधले बच्चाको आन्द्रामा ‘पेन्ट’को कामसमेत गर्छ; जसलाई दोस्रो मस्तिष्क मान्ने गर्छन् वैज्ञानिक । चार दिनसम्मको बिगौती दूधले शिशु र आमालाई क्यान्सरबाट जोगाउँछ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । जन्मेको एक घन्टापछि ६ महिनासम्म निरन्तर आमाको दूध खुवाउनुपर्छ । आमाको दूधमा नपाइने भएकाले ‘भिटामिन डी’ किनेर खुवाउनुपर्छ । दूध बढाउन आमाले पर्याप्त पोषक तत्व खानुपर्छ । एक महिनासम्म दैनिक दुईपटकका दरले दूध खुवाउनुपर्छ ।

संक्रमण : संक्रमणका कारण नेपालमा धेरै नवजात शिशुको ज्यान जाने गरेको छ । सामान्य रूपमा जन्मिने बच्चामा पनि रोग प्रतिरोधक क्षमता कम हुँदा संक्रमण हुने हो । बच्चालाई हुर्काउने र राख्ने ठाउँको अस्वस्थकर वातावरणले विभिन्न संक्रमण फैलिन्छ । मुख हेर्ने नाममा सयौं आफन्त जुत्ताचप्पलसहित शिशु राखिएको ठाउँमा जाने चलन छ । शिशुलाई जथाभावी फोहोर हातले छुने, समात्ने, खेलाउने, माया गर्ने गरिन्छ । यसबाट अनेकौं संक्रमण फैलिने जोखिम हुन्छ । संक्रमण भएपछि शिशुमा ज्वरो आउनसक्छ । जुन शिशुले भन्न पनि सक्दैनन् र अभिभावकले पनि बेवास्ता गर्दा अकालमै उनीहरूले ज्यान गुमाउन सक्छन् । जाडोमा जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ र संक्रमण सुरु हुन्छ । जन्मनासाथ कतिपय शिशुलाई नुहाउने चलन छ । त्यसबाट संक्रमण र निमोनिया हुने डर हुन्छ । नाइटोबाट पानी छिर्दा संक्रमण फैलिन्छ । सात दिनपछि नुहाउँदा पनि तत्कालै न्यानो कपडाले छोपेर भित्र लगेर कपडा लगाउने गर्नुपर्छ । दूध खुवाउने भाडाको ‘निप्पल’ फोहोर हुँदा पनि संक्रमण हुन्छ ।

जन्डिस र कुपोषण : जन्मेको ४८ घन्टासम्म जन्डिस देखियो भने उक्त शिशु जन्मजात रूपमै बिरामी परेको हुनसक्छ । जन्डिस देखिएमा विशेष ध्यान दिनुपर्छ । जन्डिसका कारण पनि नवजात शिशुले ज्यान गुमाइरहेका छन् । जन्डिस भएकै थाहा नपाउँदा पनि बच्चाको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । आमाको दूध नखुवाउने, नआउने हुँदा नवजात शिशु पनि कुपोषणबाट ग्रस्त हुन्छन् । प्रोटिनको कमीले धेरैलाई कुपोषित बनाउने गरेको छ ।

हेलचेक्य्राइँ र स्याहार : शिशु जन्मनासाथ आमा र शिशुलाई साँघुरा ठाउँमा पुराना कपडाका साथ राखिन्छ । सरसफाइमा ध्यान नदिँदा धेरै शिशुको ज्यान जाने गरेको छ । तेलले मालिस गर्ने चलन बच्चाका लागि घातक हो । कानमा समेत तेल हाल्ने चलन छ तर तेलले कान नै नसुन्ने समस्या ल्याउँछ । आँखामा जथाभावी गाजल लगाउने चलनले पनि आँखाको नानीमा असर पु¥याउँछ । निसास्सिएर धेरै शिशुको ज्यान जाने गरेको छ । कहिले धेरै लुगा लगाइदिँदा त कहिले चिसोले उनीहरूको जीवनमा संकट ल्याउँछ ।

खानपान : आमाको दूध आएन वा उनले खुवाउन भ्याइनन् भनेर बजारमा पाइने दूध खुवाउने चलन छ । त्यसले शिशुको स्वास्थ्य बिगार्छ । फोहोर पानीमा पनि पाउडर दूध खुवाइन्छ । त्यसबाट अनेकौं किटाणु सर्ने सम्भावना हुन्छ । दूध आएन भन्दै ल्याक्टोजिन खुवाउने चलन घातक हो । त्यसले धेरै शिशुलाई एलर्जी गराउँछ । ल्याक्टोजिनमा बानी बसेपछि शिशुले आमाको दूध खान मान्दैनन् ।

अस्पताल कति बेला लैजाने ? : नवजात शिशु निकै नै संवेदनशील हुन्छन । उनीहरूलाई हुने समस्या पत्ता लगाउन अभिभावकलाई मुस्किल पर्छ । विभिन्न कारणले उनीहरू रुने, नखाने, नसुत्ने गर्छन् । ज्वरो आउँदा, भोक लाग्दा वा कुनै असहज वातावरणका कारण पनि शिशु रुने गर्छन् । कुनै पनि कारणले शिशुले दूध खान छोडेमा तत्कालै अस्पताल पु¥याई विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ ।

जनचेतना : गर्भवती भएदेखि नै आमालाई बच्चा र उनको स्वास्थ्यबारे जानकारी दिनुपर्छ । त्यति बेला नै पछि आउने समस्याको समाधान र विकल्पबारे सोच्नुपर्छ । मानसिक तनावमा गुज्रेकी आमाबाट जन्मने शिशुको बौद्धिक क्षमतामा असर पुग्छ । नेपालमा स्वस्थ शिशु जन्माउन आमा र उनको परिवारमा जनचेतना जगाउनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले आमा शिक्षित हुनुपर्छ । आमासँगै बुवा र घरपरिवारका अन्य सदस्यले पनि शिशु र आमाको जीवनलाई स्वस्थ बनाउन सहयोग गर्नुपर्छ । तर, नेपालमा आमाहरू यसबारे जानकार छैनन् । विदेशमा ‘एन्टिनेटल एजुकेसन’लाई धरै प्राथमिकता दिइन्छ। आमा र शिशुको स्वास्थ्यमा सम्झौता गर्नासाथ दुवैको जीवन संकटमा पर्छ ।

नवजात शिशुको स्वास्थ्यको हरेचाह र उपचारबारे जानकारी दिने उद्देश्यसहित ग्रान्डी इन्टरनेसनल अस्पतालले ‘न्युन्याटल केयर’ विभाग सञ्चालनमा ल्याएको छ । यहाँ शिशुका आमाबुवालाई बच्चाको हेरचाह र खानपानबारे जानकारी गराइन्छ । स्वास्थ्य मन्त्रालयको सहयोगमा दुई विशेषज्ञ चिकित्सक, एकजना स्थानीय चिकित्सक र नर्सको टोलीले नेपालको ग्रामीण तहसम्म पुगी जनचेतना, जाँचलगायत अभियानमार्फत नवजात शिशुको ज्यान जोगाउने तयारी गरेको छ ।

Related Articles

Back to top button
Close