भिडियो

चार वर्ष अघि बाबु गुमाएका कलिला उमेरका यी दिदीबहिनीले आमा पनि गुमाएपछि भयो यस्तो बिचल्ली गरियो सहयोगको अपिल भिडियो

एजेन्सी, २१ पुस । दैवको लिला पनि अचम्मको छ । कसैलाई सुखमाथि सुख दिन्छ त कसैलाई दुखमाथि झन् दुख थपिदिन्छ । यस्तै भएको छ पोखराका कलिला उमेरकी दुई दिदीबहिनीलाई । ४ बर्ष अगाडी बाबा गुमाएका यी दिदीबहिनीले अहिले आएर आमा पनि गुमाए । हाल उनीहरु पोखरा महानगरपालिका वडा न १७ बेलटोलको टोलविकास संस्थाको भवनमा आमाको क्रि या बसीरहेका छन् ।
हुनत उनीहरुको बुवाको घर नै पोखरा भने हैन, मामली घर पोखरा हो । बाबा वितेपछि आमाले २ छोरीलाई नेपालगन्जबाट पोखरा ल्याएर सामान्य जागीर गरी जसो तसो पालनपोषण गर्दै थिइन् । दैवले यो देखिसहेन र त कलिला छोरीहरुको साहारा आमालाई पनि टपक्क टिपेर लग्यो ।

आमाकोसमेत नि धन भएपछि दुई छोरीहरुको विचल्ली भएको छ । पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । उनको बुवाको जण्डीस रोगबाट भारतको लखनउमा मृ त्यू भयो रहेछ ।
अहिले उनीहरुको साहारा बिहीन छन् । घरका कोही सदस्यहरुसंग चिनजान र परिचय छैन । यस्तो अवस्थामा रहेका उनीहरुलाई सबै मिलेर उनीहरुको उज्वल भविष्यको लागी सहयोग गर्न अपिल गरिएको छ ।
बाँकी जानकारीका लागि तलको भिडियो हेर्नुहोस्-

Related Articles

Back to top button
Close