News

प्रहरीलाई चलचित्रमा नकारात्मक रुपमा प्रस्तुत नगर्न आईजीपी खनालको आग्रह

१० औं नेफ्टा अवार्ड घोषणा समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले चलचित्रमार्फत समाजमा महत्त्वपूर्ण प्रभाव पर्ने भन्दै प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरीलाई समाजले सोही रुपले लिने भएकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गरेका छन् ।

उनले चलचित्रकर्मीहरुले प्रहरीको भूमिकालाई सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने धारणा राखेका छन् । यस्तै खनालले प्रहरीको विषयमा फिल्म बनाइए संगठनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

Related Articles

Back to top button
Close