International

छोराको जन्मदिनमा खुसियाली मनाउन ७१ वर्षीया वृद्धा आमा प्याराग्लाइडिङ्गमा रमाउँदै

काठमाडौं / ७१ बर्षिया वृद्ध महिलाले प्याराग्लाइडिङ्ग गरेर उमेर केही चिजको बाधक नहुने साबित गरेकी छन् ।

भारतको बिलासपुरकी बासिन्दा ७१ वर्षीया संतोष मिश्राले हजारौं फीटको ऊंचाईमा प्याराग्लाइडिङ्ग गरी विश्वलाई चकित पारेकी हुन् ।

छोराको जन्मदिनको अवसरमा परिवार सहित भ्रमणका लागी भारतको कुल्लू पुगेकी संतोषले प्याराग्लाइडिङ्ग गर्न रहर राखिन् ।
प्याराग्लाइडरले उचाई धेरै हुने भएको तथा वृद्ध उमेरकी ब्यक्तिलाई जोखिममा हुने भन्दै उनलाई उडाउन मानेनन् । तर संतोषले आफुमा प्याराग्लाइडिंग गर्ने रहर रहेको भन्दै अड्डि कसिन् । अन्तत प्याराग्लाइडरले उनलाई परिवारको सहमतीमा उडाए ।

Related Articles

Back to top button
Close