International

अस्ट्रेलियाको आगोमा फसेका परिवारलाई घोडाले नै यसरी सुरक्षित बाहिर निकाल्यो

एजेन्सी। अस्ट्रेलियाको एक परिवारलाई घोडाले जं’गलमा लागेको आ’गोबाट बचाएको छ।
परिवार नयाँ वर्षको अवसरमा दक्षिणी सिडनीबाट २५० किलोमीटर टाढा मोरुयाको समुद्री तटस्थित पबमा छुट्‌टी मनाउन पुगेको थियो। सुरुमा विन्टरका छोरा र कजिन गाडीबाट पुगेका थिए। त्यसपछि घोडामा सवार विन्टर त्यहाँ पुगेकी थिइन्।

त्यतिखेरै वरपर जं’गलमा फैलिएको आ’गो उनीतिर बढ्न थाल्यो। आ’गोका कारण ठूलो मात्रामा धु’वाँ फै’लियो। धु’वाँका कारण अ’ध्याँरोझैँ भएपछि सुरक्षित बाहिर निस्कने बाटो समेत ठम्याउन गाह्रो भयो।

यो आ’पतकालीन अवस्थामा घोडा चार्मरले सबै जनलाई सुरक्षित स्थानमा पु-याएको थियो।
विन्टरले शनिबार भनेकी छन्, ‘जं’गलको आ’गोका कारण केही पनि देखिएन। दृश्यता कम भएको थियो, तापमान बढिरहेको थियो।’ यस्तो अवस्थामा रिसोर्ट पुग्ने बाटो समेत स्मरणमा आउन सकेको थिएन। त्यतिखेर घोडालाई नै बाटो तय गर्न दियौँ। यसरी चार्मरले हामीलाई सुरक्षित स्थानमा पु-यायो। उ मेरो असली हीरो हो।

अस्ट्रेलियाको जं’गलमा चार महीनेबाट लागेको आगलागीका कारण ५० लाख हेक्टर जं’गल स’खाप भएको छ। करीब ४८ करोडभन्दा बढी वन्यजन्तु र २३ जना मानिसको ज्या’न ग’इसकेको छ।

Related Articles

Back to top button
Close