International

अष्ट्रेलियामा वर्षा शुरु , के आगलागी नियन्त्रणमा आउला ?

एजेन्सी ,अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् ।सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ ।यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् ।‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् ।

डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’

Related Articles

Back to top button
Close