Video

जव नायिका ऋचा शर्माले पशुपति आर्यघाटमा अन्तिम पटक आमाको खुट्टा ढोगीन् (भिडियो)

काठमाडौं । नायिका ऋचा शर्मा अहिले मातृशोकको पीडामा छिन् । गत शनिबार उनकी आमाको निधन भएको छ । भर्खरै मात्र विवाह गरेकी नायिका शर्मालाई मातृशोक परेको हो । छोरीलाई अन्माउने बेला पनि बिरामी रहेकी ऋचाकी आमाले शनिबार यो संसार त्याग गरिन् । विवाह भएको एक महिना पनि नपुग्दै मातृवियोगको पीडामा परेकी हुन् नायिका ऋचा । सानैमा पिता गुमाएकी ऋचाले अहिले आमा गुमाउन पुगिन् ।

पिताकोसमेत माया ममता दिएर हुर्काएकी आमा गुमाउँदाको पीडा सायदै कसैले अनुभूति गर्ला, तर यो असह्य पीडा भने ऋचाले व्यहोरिरहेकी छन् । कसैसँग कुरा गर्दा आफ्नो पिताको प्रसङ्ग आउँदा भावुक भन्ने गरेकी ऋचामाथि मातृवियोगको बज्रपात परेको हो ।

संसारलाई हँसाउने पात्रको खोजी गरिरहेको रियालिटी शो कमेडी च्याम्पियन्स्’को जज रहेकी नायिका ऋचामात्रै होइन उनीमाथि परेको यो शोकको पीडाले उनका शुभचिन्तक पनि स्तब्ध भएका छन् । सानै पिता गुमाएकी ऋचामाथि विवाहको एक महिना नपुग्दै मातृशोकको पीडाले चलचित्र क्षेत्र नै स्तब्ध बनेको छ ।

यस्तै दृश्य आइतबार पशुपति आर्यघाटमा ऋचाकी आमाको अन्तिम संस्कारमा सहभागी चलचित्र क्षेत्रका व्यक्ति तथा अन्य सहभागीहरुको आँखा देख्न सकिन्थ्यो । आफ्ना परिवारका सदस्यहरुलाई समाउँदै नायिका ऋचा भक्कानिएको देख्दा सहभागीको आँखामा रसाएका थिए ।

डाको छोडेर रोएका परिवारका सदस्यहरुलाई सान्त्वाना दिने प्रयास गरिरहेकी थिइँन् ऋचा । आफू सम्हालिँदै परिवारका सदस्यलाई सम्हाल्न खोजेकी ऋचाले पनि मन कहाँ थाम्न सक्थिइन् र बेला बेलामा आँशु झारिरहेकी थिइन् ।

कसले सक्छ र जन्मदाताको वियोगको पीडा सहन ? आमाको अन्तिम विदाइको क्षणसम्म आमालाई ढोग्दै अंगालो मार्दै चुम्बन गरिरहेकी थिइन् ऋचाले, जुन हृदयस्पर्शी दृश्यले सबैलाई मन सम्हाल्न कठिन भइरहेको थियो । जब आमालाई दागबत्ति दिने बेलामा सम्हालिन नसकेकी ऋचालाई सँगै रहेकी रिमा विश्वकर्माले साथ दिएकी थिइन् । अलिपर बसेर नायिका रेखा थापा रोइरहेकी थिइन् ।

Related Articles

Back to top button
Close