News

हिउँमाथि सुत्केरी छ’ट्पटाउँदै रोईरहिन्, श्रीमान्ले छाडे, प्रहरीले उ’द्दार गर्यो !

२० पुष २०७६, आईतवार काठमाण्डौ । सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अ’लपत्र छा’डेर श्रीमान् स’म्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ ।सुत्केरी व्य’था लागेर हिउँमाथि छ’ट्पटाउँदै अ’लपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माउनुभएको छ ।बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई अ’लपत्र छो’डेर साथमा भएको एकहजार रुपियाँ समेत लगेर स’म्पर्कविहीन भएका छन् ।
श्रीमान्ले अ’लपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।सुत्केरी श्रीमतिलाई छो’डेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताउनुभयो ।प्रनाउ पाण्डेयले भन्नुभयो,‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रे’फर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँ समेत लगेर श्रीमानले स’म्पर्कविहीन छन् । श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो ।

शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छ’ट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उ’द्धार गर्यौं ।’हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छ’ट्पटाउँदै रो’ईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उ’द्धार गरिएको प्रनाउ पाण्डेयले बताउनुभयो ।सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फ’सेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति के’न्द्रमा पु¥याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ ।

कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ ।सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सा’मान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।गोरखापत्र दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close