News

भर्खरै विवाह गरेकी श्रीमती छोडेर १२ दिन अघि फर्केका थिए अर्जुन: सिंगो गाउँ शोकमा , श्रीमती र बुवाको भयो यस्तो बेहाल

काठमाडौं, २१ पुष । गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शो कमा डुबेको छ। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिड न्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवार र गाउँ शोकमा डुवेको हो । परिवारको एक मात्र छोराको शोकमा रहेका उनका बुवा भर्खर विवाह गरेर भित्र्याएकी बुहारी लिएर काँकडभिट्टाको सिमानामा पुगेका छन् । भारतीय सेनामा ज्यान गुमाएका नेपालीहरुको श व नेपाल ल्याउन नपाइने भएपछि उनी बुहारी लिएर त्यता गएका हुन् ।

छोरोको मृ त्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी (अर्जुनकी श्रीमती) लाई लिएर केही आफन्तको साथ बुधबार नै घरबाट गएका थिए । गोली लागेर अर्जुनको मृत्यु भएपछि उनकी श्रीमती सरिता थापा मगर र ७० बर्षीय बाबु प्रेम बहादुर थापा सहित केही गाउँलेहरु बिहीबार पश्चिम बंगाल पुगेका थिए ।

अर्जुनको पार्थिव शरिरलाई भारतीय सैनिकले उच्च सम्मान गर्दै पश्चिम बंगलको बागडोगरा सैनिक क्याम्पमा अन्त्येष्टि गरिएको हो । अर्जुनलाई भारतको झण्डा ओढाएपछि उनका बाबुले दा ग बत्ती दिएका थिए ।

कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको श व ल्याएको थियो। भारतीय सेनाले श व यात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दागबत्ती दिए। भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको श व लाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पी डामा छन्। छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे।

भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले श व नेपाल ल्याउन नसकिएको बताइएको छ । छिमेकी तुलकुमारी थापामगरले भनिन् ‘विहे गरेर भोज खुवाएको गएको असार २२ गते हो, बिचरा अहिले भिड न्तमा पर्यो भन्छन्।’ अर्जुनको आमा क्यान्सर रोग लागेर तीन वर्षअघि बितेकी रहिछन्। बाबु खेती किसानी गर्छन्। एउटी बहिनीको विहेवारी भईसक्यो। उनको ठुलीआमा नन्दकुमारीले थपिन् ‘एक महिना बसेर पुसको ५ गते फर्किएको थियो, विहे गरेर फर्केपछि पहिलो छुट्टीमा आएको थियो, अब कहिल्यै नआउने भो।’

भूकम्पमा भत्किएपछि तला काटिएको पुरानो घर र नयाँ बनेको दुई कोठे घरमा उनको परिवार गुजारा गर्दै आएको छ। मुलढोकाको छेवैमा राखिएको भगवानको तस्बिर र भित्र छिर्नेबित्तिकै पूजा कोठा। भित्री कोठमा पुरानो फ्रेमभित्र आमा, बाबु र बहिनीहरुसँगको बाल्यकालको तस्बिर हेर्दा अहिल्यै बोलिहाल्ने जस्तो। निकै दुः खले हुर्किएका अर्जुन बाबुलाई औधी माया गर्थे। अर्जुन लाहुरे भएपछि उनको बाबुलाई अफ्नो दुः खको दिन सकिएको खुसी छिमेकीसँग सुनाउँथे तर उनको खुसी पाँच वर्ष पनि पूरा टिकेन। घरमा बस्तुभाउ धेरै भयो भनेर उनी आफू भारतीय सेनामा जागिरे भएपछि एक हल गोरु बेचिदिएका थिए।

Related Articles

Back to top button
Close