News

भारी हिमपातले दोलखाको चरिकोट, कालिन्चोक र अधिकांश क्षेत्र सेताम्मे

चिसो बढेसँगै दोलखाका आसपासका क्षेत्रमा भरि हिमपात भएको छ । हिमपातका कारण सदरमुकाम चरिकोट आसपासका क्षेत्र खरीढुंगा, हनुमन्ते, जिरी लगायतका स्थानका क्षेत्र सेताम्मे देखिएका छन् । प्रसिद्ध धार्मिक र पर्यटकीय स्थलहरु कालिन्चोक र सैलुंगमा एक सातादेखि लगातार हिमपात भइरहेको छ ।

गएरातिको बाक्लो हिमपातका कारण लामोसाँगु जिरी सडक अन्तर्गत खरीढुँगा-बोच खण्ड र सिन्धुपाल्चोक मुडे आसपासको सडक खण्डमा यातायातका साधन चल्न सकेका छैनन् । केहि सवारी साधनहरु बीच बाटोमै फसेर बसेका छन् । काठमाडौँबाट चरिकोटसम्म जाने र चरिकोटबाट राजधानीका लागि छुट्ने सवारी साधन मन्थली-खुर्कोट हुँदै आवत जावत गरिरहेका छन् ।

बाक्लो हिमपातकै कारण चरिकोटदेखि कालिन्चोकसम्मको यात्रा गर्नका लागि पर्यटकहरु पैदल यात्रा मार्फत नै जान थालेका छन् । आज बिहान हल्का घाम लागेपनि उच्च हिमाली क्षेत्र कुहिरोले ढाकिएको छ भने मौसममा पूर्ण रुपमा सुधार आउन सकिरहेको छैन ।

Related Articles

Back to top button
Close