News

अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपालकी छोरी चन्द, तपाईको भोटले नेपालको नाम रहन्छ -सेयर गरौ

वाशिङटन डिसी । अमेरिकाको सर्वाधिक लोकप्रिय सौन्दर्य प्रतियोगितामा नेपाली चेली मिराकल चन्द अग्रपंक्तिमा रहँदै उपाधि नजिक छिन् । अमेरिकाको क्यालिफोर्नियामा भइरहेको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल चन्दले अग्रता लिइरहेकी हुन् । उनलाई मिस फिलिपिन्स युएसएको ताज जिताउन उनका पारिवारले अनलाइन भोटिङका लागि अपिल गरेका छन् ।

उनी बैतडीका कर्ण चन्दकी छोरी हुन् । उनको परिवार हाल अमेरिकामा बस्दै आएका छन् । मिराकलकी आमा फिलिपिन्सकी नागरिक भएको नाताले उनले मिस फिलिपिन्स युएसएमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । अनलाइन भोटिङमा एक जनाले १ दिनमा १ भोट गर्न पाइने नियम छ ।

आगामी जुलाइ २० सम्म प्रत्येक दिन १ भोट गर्न सकिनेछ । भोटिङ जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए २०१९ को घोषणा त्यसको भोलिपल्ट जुलाई २१ का दिन हुनेछ । भोटका लागि यहाँ क्लिक गर्नुहोस् । यो सन्देश हरेक नेपाली सम्म पुर्याउन सेयर गरिदिनुहोला ।

Related Articles

Back to top button
Close