News

मन्त्री घिमिरेको उपस्थितीमा दमकबाट १५ सडक बालबालिकाको उद्धार

दमक,पौष १९
झापाको दमकबाट शनिबार १५ जना सडक बालबालिकाको उद्धार गरिएको । प्रदेश एकका सामाजिक बिकासमन्त्री जिवन घिमिरेको उपस्थितीमा उनिहरुको उद्धार गरिएको हो ।

अभिभावक विहिन , घरायारी समस्या तथा अन्य विभिन्न कारण सडकमा जिवन बिताइरहेका उनिहरुको बालबालिका खोजतलास केन्द्र , प्रदेश सरकार र दमक नगरपालिको समन्वयनमा दमकका बिभिन्न क्षेत्रबाट उद्धार गरिएको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताउनुभयो । सरकारले काठमाडौपछि प्रदेश एकलाई सडकबालबालिकारहित प्रदेश बनाउने योजना अनुरुप उनिहरुको उद्धार गरिएको हो । उद्धार गर्न स्वयम् मन्त्रि घिमिरे नै लाग्नुभएको थियो ।
उहाँले उद्धार गरिएका बालबालिकाहरुलाई उचित बाताबरणमा पढ्ने ,सीप सिक्ने र पेशा ब्यवसायमा लाग्न उत्पेरीत गराउँने बताउनुभयो । यस्तै खुल्ला सिमा भएकाले भारत बंगलादेश लगायतका देशबाट आउने शरणार्थीलाई पनि नियन्त्रण गर्ने बताउनुभयो ।

यो अभियान प्रदेश एकका सबै ठाउँमा गर्ने उहाले बताउनुभयो । दमकबाट उद्धार हुनेमा बिर्तामोडका १६ बर्षीय सबिना बिक ,भद्रपुरकी १५ बर्षीय रुपा श्रेष्ठ ,धनकुटाका १५ बर्षीय अश्विन परियार, दमक ८ का १५ बर्षीय नरेस खड्का , भद्रपुरका १६ बर्षीय भिम कटेल ,भद्रपुरकै ८ बर्षीय राज श्रेष्ठ , दमकका १३ बर्षीय निरास प्रसाई, इलामका १८ बर्षीय विवेक तामाङ्ग, भद्रपुरका १८ बर्षीय सुरज श्रेष्ठ ,भद्रपुरकै १८ बर्षीय घनबहादुर श्रेष्ठ , दमकका १८ बर्षीय राहुल तामाङ्ग, यस्तै कमल ५ का १७ बर्षीय मञ्जित चौधरी , भद्रपुरका १४ बर्षीय विमल श्रेष्ठ ,सोही ठाउँका १७ बर्षीय सुरज श्रेष्ठ रहेका छन् ।

भोलि बिर्तामोडबाट पनि सडक बालबालिकाको उद्धार गरिने राष्टिय बालअधिकार परिषदका चित्र पौडेलले बताउनुभयो । यसअघि सुनसरीको धरानबाट पनि ३५ सडक बालबालिको उद्धार गरिएको उहाले बताउनुभयो ।

Related Articles

Back to top button
Close