News

लोडशेडिङ अन्त्य गरी सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै कुलमान चितवनमा सम्मानित

चितवन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ।

देशमा विकराल अवस्थामा रहेको लोडशेडिङ अन्त्य गरी पर्यटनलगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको हो।

संघले चितवनको सौराहामा आयोजना गरेको १६ औंँ हात्ती महोत्सव समापन समारोहमा प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँले सम्मानपत्रसहित दोसल्ला ओडाएर घिसिङलाई सम्मान गर्नुभयो।

सरकारले दिएको जिम्मेवारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडशेडिङ अन्त्य गर्ने सानो सफलता हासिल भएको उल्लेख गर्दै घिसिङले अब ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण क्रियाशील रहेको बताउनुभयो।

Related Articles

Back to top button
Close