Video

‘ए मेरो हजुर ४’का लागी नेपाल फर्कीईन सुहाना थापा, अनमोल संग जोडी बाधिने तयारी बारे बोलिन्

काठमाडौ । नायिका झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ को सफलता पश्चात ‘ए मेरो हजुर ४’ को तयारी गर्नका लागी झरना थापा र सुहाना थापा नेपाल फर्किएका छन् । आज मात्र अमेरिकाबाट आमा छोरी नेपाल फर्किएका हुन् ।

‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी झरना थापाको छोरी सुहाना थापालाई ‘ए मेरो हजुर ४’ मा फेरि दर्शकले देख्न पाउने भएका छन् । झरना थापा केही महिना देखि यस चलचित्रको स्क्रिप्टमा काम गरिरहेकी थिईन । चाडै नै फ्लोरमा जाने तयारीमा रहेकाले सुहाना सहित झरना थापा नेपाल फर्किएका छन् । ‘ए मेरो हजुर ४’ मा पनि दर्शकले अनमोल र सुहानाको जोडी हेर्न पाउने छन् भन्ने बुझिएको छ । तर आधिकारिक घोषणा भने चाडै नै कार्यक्रम बीच गरिने झरना थापाले जनाएकी छिन् । दर्शकले अनमोल र सुहानाको जोडी नै चलचित्रमा हेर्न चाहेकोले यस चलचित्रमा पनि यो जोडी दोहोरिने सम्भावना देखिएको छ ।

सुहाना थापाका अनुसार चाडै नै कार्यक्रम बीच घोषणा गर्ने तयारी रहेको जनाएकी छिन् । नेपाल फर्किने बित्तिकै सुहानाले मिडियासंग कुराकानी गर्ने क्रममा भनिन्, “दर्शकले मलाई पहिलो चलचित्रबाट यत्ति धेरै माया दिनुभएकोमा आभारी छु । अब फेरी म ‘ए मेरो हजुर ४’ मार्फत दर्शकहरु बीच आउने तयारी गरिरहेको छु र आशा छ दर्शकहरुले फेरी मलाई माया गर्नुहुनेछ ।”

मिडियासंग बोल्दै गर्दा सुहाना थापाले ‘ए मेरो हजुर’को गित गाउदै एयरपोर्टमा रमाईलो गरेकी थिईन । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर ४’लाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् ।

Related Articles

Back to top button
Close