News

बाक्लो हिऊले ढाक्यो धनकुटाको सडक, अवरु’द्ध सडक खुलाउन सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाईयो

धनकुटा खबर, पौष १९ । वाक्लो हिमपातको कारण धनकुटाको सिधुवा वजार देखी माथि चित्रे नुनथला सम्मको करिव १ किलो मिटर सडक अवरुद्ध भएको छ ।

सडकमा वाक्लो हिउ जमेपछि धनकुटा हुँदै संखुवासभा, तेह्रथुम लगायत जिल्ला जाने आउने सयौ सवारीसाधनहरु रोकिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेका अनुसार अहिले सशस्त्र प्रहरीको टोली ४० जनाको टोली र नेपाली सेनालाई अवरुद्ध सडक खुलाउन खटाईएको छ ।

हिउ पन्साउन खटिईरहनुभएका स शस्त्र प्रहरी वल छिन्ताङ गुल्मका डिएस पी सचिन कर्माचार्यका अनुसार अव केही समय पछि रोकिएका सवारी साधनहरु खुल्नेछन् । अवरुद्ध सडक खुलाउन छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु र विपद व्यवस्थापन समितिकाको टोलि पनि व्यवस्थापन सामाग्रीका साथ त्यहाँ पुग्नुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

तस्विर : छथर जोरपाटि गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलको सहयोगमा

Related Articles

Back to top button
Close