News

बामदेवले दिए ओली-प्रचण्डलाई नै यति ठुलो झ’ट्का, यस्तो प्रस्ताव गरे ठाडै अस्वीकार, नेताकर्यकर्ता नै दंग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो । नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट ९ र माओवादी केन्द्रको तर्फबाट ७ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ । नेकपाले प्रदेश नम्बर १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र बेदुराम भुसाल उम्मेदवार बनेका छन् । यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।

गण्डकी प्रदेशबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईसँग पराजित भएका थिए । उनले सुरुमा आफू राष्ट्रिय सभामा जान अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका भएपनि हाल आएर भने उम्मेदवार बनेका हुन् । यस्तै कर्णाली प्रदेशबाट पूर्वमाओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसी उम्मेदवार बन्दा सूदूरपश्चिम प्रदेशबाट पूर्वमाओवादीबाट तारामान स्वाँर र पूर्व एमालेबाट शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको भएपनि सरकारदेखि संगठनसम्म भागबण्डाको आधारमा प्रतिनिधित्व हुँदै आएको छ ।

बामदेव किन बनेनन् उम्मेदवार ?
बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएका हुन् ।

गौतमले प्रधानमन्त्री बन्नेबाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन् । तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छ । उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए । उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन ।

१८ पुस, काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टीकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन्
पत्रकारले राजदूत होउ आफ्नो पदावधि नसकिँदै फर्किन लागेको चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।

Related Articles

Back to top button
Close