News

राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर, एसइइ पास गरेकाले पनि आवेदन दिन पाउने (सूचना सहित)

काठमाडौं, १८ पुष । राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर छ । विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ। यस पदमा एसएलसी वा एसईई उत्तीर्ण नेपाली नागरिकले आवदेन दिन सक्ने छन्। १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवदन दिन पाउने विभागले जनाएको छ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परिक्षा, स्वास्थ्य परिक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ।विभागका अनुसार आवेदनका लागि परिक्षा दस्तुर १ सय ५० रुपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ। विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।

गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु

करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिनुभयो । केन्द्रमा हाल दैनिक झण्डै तीन मेगावाट विद्युत् उत्पादन हँुदै आएको अवस्था छ ।

पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौँदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेसिनरीका सामान पुरानो भएपछि तीन टर्वाइनमध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहँुदा करीब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं तीन वर्षदेखि बिग्रेको अवस्था छ ।

हाल सञ्चालनमा रहेको २ नं टर्वाइन ९एउटा मात्र० टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेको एउटा टर्वाइनसमेत उपकरण र मेसिनरीका सामान पुरानो हँुदासमेत टर्वाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा रहेको मेसिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

Related Articles

Back to top button
Close