News

निरन्तरको हिमपातले ढाक्यो मुक्तिनाथ मन्दिर र आशपाशका छेत्र

बिहीबार दिउँसोदेखि निरन्तर परेको हिमपातले मुस्ताङको मुक्तिनाथ मन्दिर सेताम्मे भएको छ। बाक्लो हिउँले मुक्तिनाथ क्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्‍कै ढाकिएको छ। हिउँले मुक्तिनाथ मन्दिरको छानो र भित्रि प्रवेशद्वार ढाकिएको छ भने मन्दिर परिसरको कुण्ड ,१०८ धारा र आसपासमा पुरै बाक्लो हिउँ जमेको छ ।

हिउँ परेसँगै मुक्तिनाथ दर्शन गर्न आएका तिर्थालुलाई सकस परेको छ भने १०८ धाराको स्नान गर्ने ठाउँ र त्यहाँ रहेको २ वटा स्नान कुण्डको पानी समेत जमेको कर्मचारी सुवेदीले बताए । चिसोले कुण्ड जमेको र परिसरक्षेत्रमा हिउँ जमेकाले तिर्थालुहरु स्नान गर्न समेत सकेका छैनन् ।

हिउँ परेसँगै मुक्तिानाथ क्षेत्रमा अत्यधिक जाडो बढेको छ भने पर्यटक र स्थानीय घर बाहिर आउजाउ गर्न समेत नसकेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब तारानाथ अधिकारीले जानकारी दिए । हिमपातले जोमसोम/ मुक्तिनाथ सडक अवरुद्ध भएको जनाइएको छ।

Related Articles

Back to top button
Close