News

सुनको मूल्य अहिलेसम्मकै उच्च ! कति पुग्यो त आज तोलाको ?

सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुन चाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।

बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यो पनि पढ्नुस
धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा पूजा गरेमा व्यवासायिक रुपमा सफलता प्राप्त गर्ने मान्यता छ । प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास छ ।

व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् । सर्वसाधारणले भीमसेनको सामान्यदेखि ठूला ठूला पञ्चबलिका पूजासमेत गर्ने गरेका छन् । शिवशक्तिको रूपमा उक्त मन्दिरमा भैरव, भीमेश्वर, भीमसेनको पूजा गर्ने प्रचलन छ ।

शिवलाई महादेवका अर्को नामले चिनिन्छ भने भीमसेनलाई भैरवको रूपमा पशुबलिसमेत दिइन्छ । भीमसेन मूर्तिमा शिवशक्तिको रुपमा रुद्रीपूजासमेत गरिन्छ भने मनोकाङ्क्षा पूरा हुने विश्वासले बलि दिइन्छ । दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाअनुसार प्राचीन मन्दिर धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण रहेकाले यसको ऐतिहासिक पक्षलाई संरक्षण गर्न र आसापास क्षेत्रमा पूर्वाधार विकासका लागि प्रयास भइरहेको बताए ।

भीमेश्वर नगरपालिकामा रहेको भीमसेनको मूर्ति कहिले कसरी स्थापना गरिएको हो भन्नेबारे प्रष्ट आधार फेला परेको छैन् । किराँतकालीन समयमा स्थापना भएको अनुमान गरिएको छ । चिटिक्क परेको उक्त मूर्ति चिल्लो खरीको प्रस्तरबाट बनेकाले आकर्षित देखिन्छ । यसको विशेषता भनेको मुलुकमा विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइएको छ । मूर्तिमा पसिना आएपछि विशेष प्रकारको पूजा गर्ने परम्परा छ ।

Related Articles

Back to top button
Close