News

सरकारले कालापानीबाट भारतीय सेना हटाउँदै

राष्ट्रियसभाले भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षा र कालापानीबाट भारतीय सेना हटाउने संकल्प गरेको छ। सीमा विवादमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्न सभाले सरकारलाई निर्देश गरेको छ। नेपाली भूभाग अक्षुण्ण राख्न, भारतबाट अतिक्रमित भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन बैठकले बिहीबार सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको हो।

नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईको संकल्प प्रस्तावलाई कांग्रेस सचेतक सरिता प्रसाईले समर्थन जनाएकी थिइन्। लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेकोमा सभाले आपत्ति जनाएको छ।

Related Articles

Back to top button
Close