News

भारतले नटेरेपछि प्रधानमन्त्री ओली आफैंले लिँदै ‘एक्सन’

काठमाडौं । भारतले नेपालको अ’तिक्र’मित भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि दुई देशबीच सीमा विवाद चुलिँदै गएको छ । नोभेम्बर २ मा भारतले नेपालको अ’तिक्र’मित लिपिम्पयाधुरा, कालापानी र लिपुलेकको भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि सी’मा ‘वि’वाद बल्झिएको हो ।

भारतको सो कदमको नेपालमा व्यापक वि’रोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय छलफलपछि दुई साता अघि भारतलाई कू’टनी’तिक नोट पठाइएको थियो । सो नोटमा वार्ताको माध्यमबाट देखिएको सीमा विवाद अन्त्य गर्न सकिने उल्लेख छ । तर, अहिलेसम्म भारतले कू’टनी’तिक नोटको जवाफ दिएको छैन ।

तर, नेपाल सरकार भने भारतले पठाउने जवाफ कुरेर बसेको छ । यद्यपी भारतले जवाफ नपठाएको विषयमा गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकमासमेत छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कू’टनी’तिक नोटको भारतले जवाफ नदिएको जानकारी गराएपछि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको हो । सो क्रममा प्रधानमन्त्री ओलीले सी’मा वि’वाद समाधानका लागि कू’टनीति’क पहल गर्ने विषयमासमेत बैठकमा छलफल गरेका हुन् ।

भारतले कू’टनी’तिक नोटको जवाफ नपठाएपछि सत्तारुढ दल नेकपाको निर्णयअनुसार सरकारको विशेष दूतको रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई भारत पठाउने तयारी गरिएको थियो । तर, भारतीय पक्षबाट त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय उपलब्ध नगराएपछि नेता नेपालको भारत भ्रमण अन्यौल बनेको हो ।

कू’टनी’ति नोटको जवाफ नपठाउने भारतले नेता नेपाललाई मोदीसँग भेट गर्ने समय नदिएपछि थप विकल्पका विषयमा छलफल भइरहेको छ। अब प्रधानमन्त्री ओलीबाट सी’मा वि’वाद अन्त्यका लागि भारतसँग पहल गर्ने विषयमा छलफल हुन थालेको छ । देखिएको स’मस्या समाधानका लागि प्रधानमन्त्री ओलीले आफैंले भारतीय समकक्षी मोदीलाई फोन गर्न सकिने यसअघि एक टेलिभिजन कार्यक्रममा भनेका थिए ।

Related Articles

Back to top button
Close