News

बाँकेको ‘यो विपन्न परिवारलाई सहयोग गर्नुस’ भन्दै सांसदकै टोलीले गर्यो सार्वजनिक अपिल

नेपालगन्ज, १६ पुष । बांकेको बौजनाथ ४ बानियाभार झोलुङगे पुलमा बस्ने अति विपन्न शेर बाहदुर थापाका लागि बाँके स्थित नेपाल कम्युनिष्ट पार्टीका स्थानियले नेताले सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

प्रदेश ५ का सांसद आइपी खरेल लगायतका स्थानिय नेता स्थानिय स्तरमा सर्वसाधारणको वस्तुस्थिति बुझ्न हिड्दा उनको अवस्था निकै दयनिय देखेपछि सहयोग जुटाउन अपिल गरेका हुन् । नेकपा युवा संगठनका अध्यक्ष कुश्माखर बस्यालले फेसवुकमा उनीहरुको अवस्थाको तस्बिर सार्वजनिक गर्दै विपन्नलाई सहयोग गर्न अपिल गरेका छन् । उनीहरुकै पहलमा बाँके रेडक्रस बाँकेले जाडोमा उड्न ६ थान कम्बल सहयोग गरेको वस्यालले बताए ।

माटोको भत्किनै लागेको घर, प्लाष्टिकले बारेका छानोमा बस्दै आएका थापाको परिवारलाई विहान बेलुका दुई छाक खान समस्या छ । यस्तो जाडोमा लगाउने र ओढ्ने ओच्छ्याउने लुगा समेत छैन । सांसद लगायतको टोलीले उनीहरुको घर भित्र गएर हेर्दा निकै दयनिय अवस्था देखेको बताएका छन् । उनीहरुले ति परिवारको लागि सक्दो सहयोग गर्न मनकारीहरुसंग सार्वजनिक अपिल गरेका छन् ।

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ ।

कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पताल, जोरपाटीको नारायणटारस्थित शङ्खरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालसँग एमओयू गरेको हो । आज राजधानीमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सामाजिक सुरक्षामा सामेल भएका योगदानकर्ताको स्वाथ्योपचारसम्बन्धी सेवा ती अस्पतालले प्रदान गर्नेछन् । अर्को सातादेखि देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालसँग योगदानकर्ताको स्वास्थ्योपचार गर्नेसम्बन्धी समझदारी गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । स्वास्थ्य बीमा बोर्डको उपचारसम्बन्धी दरलाई नै आधार मानेर ती अस्पतालसँग समझदारी गरिएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्तालाई सहज रुपमा सेवा उपलब्ध गराउन मुलुकका सबै अस्पतालसँग समझदारी गरिने बताए । योगदानकर्ताको औषधोपचारको खर्च दाबी गर्ने प्रक्रियालाई पनि अनलाइन प्रणालीमा लगिएको उनको भनाइ थियो । “मुलुकभरका सबै अस्पताललाई कोषमा आबद्ध गराएर योगदानकर्तालाई सहजै सेवा उपलब्ध गराउनु अबको प्रमुख उद्देश्य हो”, उनले भने ।

कार्यक्रममा शङ्खरापुर अस्पतालका निर्देशक डा रमेश ढकालले सामािजक सुरक्षा कार्यक्रम अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले स्वास्थ्य उपचारको दरलाई समयानुकूल समायोजना गरेर जान कोषलाई सुझाव दिए ।

सरकारले गत मङ्सिर ११ गते नयाँ युगको शुभारम्भ स्वरुप योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । सो योजना गत साउन १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यसअवधिमा योजनामा सहभागी भएर मृत्यु भएका दुई योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गर्दै आएका छन् ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनालगायत चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । कोषले सञ्चालनमा ल्याएका दुई योजनाको महत्वपूर्ण पक्षका रुपमा स्वास्थ्य संस्था रहेका छन् । हालसम्म कोषमा १२ हजार रोजगारदाता, एक लाख ३५ हजार श्रमिक सूचीकृत भएका छन् । यस्तै करिब ३६ करोड योगदान रकम सङ्कलन भएको छ ।

Related Articles

Back to top button
Close