News

राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ

काठमाडौं – नेपाल सरकारले चासोका साथ लिएको ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै अभिनेता हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । उनले भने, ‘नेपाली दिदीबैनी दाजुभाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।’

उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए ।
उनले भने, ‘हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ ।’ उनले उपस्थित दर्शकलाई प्रश्न गरे – तपाईंहरु पनि विश्वलाई नेपालमा स्वागत गर्न तयार हुनुहुन्छ?

हमालको प्रश्नपछि दर्शकले हुटिङ गरेका थिए ।
सन् २०२० लाई सरकारले भ्रमण वर्ष २०२० का रुपमा मनाउँदैछ । सरकारले यस वर्ष मात्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

Related Articles

Back to top button
Close