News

फिनल्यान्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली टिकटक कलाकारको तस्बिर भाइरल

एजेन्सी । फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिन प्रधानमन्त्री बनिन् । उनको चर्चा अहिले सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बनेसंगै चुलिएको हो । अहिले विश्वभर उनको चर्चा चुलिएको छ ।

उनी संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्रीका रुपमा आफुलाई दर्ज गरेकी छन् । उनकै नेतृत्वको सरकारमा पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन्। यसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै छन्। यो समाचारले पनि अहिले विश्वभर चर्चा चलेको छ । विश्वभर त्यसलाई समाचार बनाइएको छ ।

यो खबरसँगै फिनल्यान्डकी प्रधानमन्त्री मरिन र अन्य दलका महिलाहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरकेका छन् । तर सबैको हातहातमा रहेको सामाजिक सञ्जालको पहुँचले कहिले काँही गलत समाचार पनि यसरी फैलिन्छ की त्यसको उदाहरण अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । फिनल्याण्डका प्रधानमन्त्री र मन्त्री भन्दै अहिले नेपाली युवतीहरुको तस्बिर भाइरल भइरहेको छ ।

यो समस्या अहिले भारतमा भइरहेको हो । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स, इन्डिया टुडे लगायतका चर्चित समाचार माध्यमहरुमा नेपालका टिकटक सेलिब्रेटीको तस्बिर भाइरल भइरहेको छ ।

फिनल्यान्डका चार कम उमेरका महिला मन्त्री भनेर एक फोटो भाइरल भइरहेको जसमा चार जना सुन्दर युवती देखिन्छन् । उनीहरुको पद र नाम समेत उल्लेख गरिएका ति तस्बिर फिनल्याण्डको नभएर नेपालमा टिकटकवाट हिट भएका नेपाली दुई जुम्ल्याहा जोडी हुन् ।

एउटा पोस्टमा भनिएको छ ९फिनल्यान्डको नयाँ सरकार हेर्नुस्। दायाँबाट शिक्षामन्त्री ली एन्डरसन ९३२०, अर्थमन्त्री कात्री कुलुमानी ९३२० ,प्रधानमन्त्री सान्ना मरिन ९३४० र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो ९३४० । यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन् ।०
धेरैले यसमा लाइक गरेका छन् भने बधाईको ओइरो नै लागेको छ ।

तर यो तस्बिरमा देखिएका महिलाहरू फिनल्यान्डका हुँदै होइनन् नत उनीहरु राजनीति नै गर्छन । उनीहरू नेपाली हुन् टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाका साथमा दीपा र दमन्ता श्रेष्ठ।

यी जुम्ल्याहा जोडीको फोटो नै अहिले भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डका मन्त्रीहरू भनेर भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। समाचारमा राखिएको तस्बिरको तल नेपालीहरुले भने यो तस्बिर गलत भन्दै प्रतिकृया दिएका छन् । सामाजिक सञ्जालमा चलिरहेको अफवाहबारे हिन्दुस्तान टाइम्सले जानकारी गराएको हो।

Related Articles

Back to top button
Close