News

जब गगन थापा थुन्सेमा फोहोर संकलन गर्न निस्के !

नेपाली कांग्रेसका सांसद गगन थापाले सडकका फोहोर टिपेका छन्। बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै थुन्सेमा संकलन गरे।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले सडकमा फोहोर नफाल्ने संकल्पसहित नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तम्तयार रहेको उल्लेख गरे। थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरू भएको हो।

भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताएका छन्। उनले सडकमा यत्रतत्र फोहोर रहेको भन्दै उनले सडकमा फोहोर नफाल्ने संकल्प गर्नुपर्ने बताएका छन्।

Related Articles

Back to top button
Close