News

माैसम बदली भएसँगै देशभरि नै चिसाे बढ्ने, सावधानी अपनाउन सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभरिकै मौसम बुधबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले आज देशभरि कै मौसम बदली हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै कुनै ठाउँमा एकैछिन खुले पनि फेरि बदली भैहाल्नेछ ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम पनि घटेर देशभरि नै चिसो बढ्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । यस्तै आज उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने मौसमविद् पौडेलले बताउनुभयो ।

पश्चिमी वायुकै प्रभावले भोलि (बिहीबार) देखि उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात तथा देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने भएकाले चिसो झनै बढ्ने देखिएको छ ।

चिसाे बढेसँगै चिकित्सकहरुले न्यानाे कपडा लगाउन, आवश्यक पर्दा मात्रै बाहिर निस्कन तथा ताताे र झाेलिलाे पदार्थ बढी खान सुझाव दिएका छन् ।

Related Articles

Back to top button
Close