News

‘हामीले पनि मेहेनत र संघर्ष गरेर आएका हौँ’ : ‘ट्विनी गर्ल’

चलचित्र ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । ‘टिकटक’ बाट निकै लोकप्रियता हासिल गरेका ‘ट्विनी गर्ल’ प्रिन्सी र प्रिज्मा खतिवडाले उक्त गीतमा अभिनय गरेका छन् । ‘टिकटक’ बाट सेलिब्रिटी बनेका प्रिन्सी र प्रिज्माले म्युजिक भिडियोमा काम गर्ने अवसर पाए । उनीहरुले आधा दर्जन भिडियोमा काम गरिसकेका छन् । चलचित्रमा पनि उनीहरुलाई अफर गर्नेहरु धेरै छन् ।

‘लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनीहरुले गीत राम्रो लागेकाले नै काम गर्न तयार भएको बताएका छन् । चलचित्रका कलाकारमा विश्वास नभएर भाइरलको खोजी गरिएको भन्ने प्रश्न पनि कार्यक्रममा उठेको थियो । चलचित्रको निर्माणपक्षले भने यो कुरा घुमाउरो शैलीमा स्विकार गरेको थियो ।

तर, ट्विनी गर्लले भने यो कुरा स्विकार गरेनन् । प्रिन्सीले भनिन्–‘हामीलाई भाइरल भन्ने ट्याग लागेको छ तर यो कुरा हामी स्विकार गर्दनौं । किनभने भाइरल भनेको छोटो समयको लागि हुन्छ । हामी त १ वर्ष भइसक्यो । हामीले पनि त संघर्ष गरेका छौ । हामी भाइरल भएर उहाँहरुले प्रयोग गर्नुभएको होइन ।’ उनले, नाँच्न मात्र जानेर चलचित्रको नायिका नभइने पनि बताइन् । यसका लागि धेरै मिहिनेत गर्नुपर्ने उनको तर्क छ ।

Related Articles

Back to top button
Close