News

चट्याङ तथा आ ग लागी हुन नदिन आयो यस्तो प्रविधि, ‘विद्युतीय कोड’ निर्माण शुरु

काठमाडौं, १५ पुष । चट्याङ तथा आ ग लागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा श्रीराम पौडेलले जानकारी दिए। ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ । सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “चट्याङको जोखिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ”, उनले भने ।

चट्याङविद् डा पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घ टना ‘विद्युत् सर्ट’ का कारण हुने बताए । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ ।

विद्युतीयसंहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घ टना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिने बताए ।
घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आ ग लागी हुने गरेको छ ।

चट्याङविद् डा पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको निधन भएको थियो ।

पर्यटकीय क्षेत्र अम्लेखगञ्जमा खानेपानीको अभाव

बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ । करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो ।

नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल पर्यटन वर्ष २०२० आउँनै लाग्दा सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आवश्यक मात्रामा पानीको प्रयोग गर्न नपाएका हुन् । यस पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने–जाने गर्दछन् ।

पर्सा राष्ट्रिय निकुञ्ज, हात्ती सफारी, जङ्गल सफारी, पैदल सफारी, रेल्वे क्षेत्र, चुरे पहाड र कामिनी दह लगायतका पर्यटकीय क्षेत्र रहेको भए पनि पर्यटकलाई आवश्यक पर्ने पानीको अभावमा हुँदा पर्यटन व्यवसाय सङ्कटमा परेका छन् ।

राणा प्रधानमन्त्री देवशम्शेरले २४ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की विसं १८९६ मा निर्माण गरी विसं १९५३ बाट सञ्चालनमा ल्याएको भए पनि अहिले सो ट्याङ्कीमा पानी सुक्दै गएको र अरू विकल्प केही नहुँदा पर्यटकीय गन्तव्य अम्लेखगञ्जवासी नै सङ्कटमा परेका छन् ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको अम्लेखगञ्जमा खानेपानीका लागि कुनै पहल नहुँदा यसैका कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीय होटल व्यवसायीले बताएका छन् । अहिले अन्य स्थानबाट पानी किनेर ल्याउनु परेको स्थानीयवासी, होटल तथा रिसोर्ट सञ्चालकहरुको गुनासो छ ।

Related Articles

Back to top button
Close