News

काठमाडौंको सोह्रखुट्टेमा पानीले भरिएको ट्याङ्कर जब सडकमा भएका ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठ क्कर दिदै दुईवटा घरमा गएर बजा रियो

काठमाडौं, १५ पुष । काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई एकै पटक ठ क्कर दिएको छ। त्यती धेरै गाडीमा ठ क्कर खाँदै हिडेको ट्याकंकर दुईवटा घरमा गएर ठो क्कि एको थियो । ट्याकंकरको ठ क्करले घरमा समेत सामान्य क्षती पुगेको छ ।

मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठ क्कर दिदै हिडेको हो । गाडीलाई ठो क्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठो क्कि एर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको ति परिवारले जनाएका छन् ।

ट्यांकरले ४ वटा कार, एउटा बस र एउटा मोटरसाइकललाई ठ क्कर दिएको हो । ट्याङ्करको ठ क्करबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ । प्रहरीले ट्याङ्कको ब्रे क फे ल भएका कारण त्यसरी हिडेको प्रारम्भिक अनुमान गरिएको छ । गाडीलाई ठ क्कर दिने ट्याङ्करका चालक भने फ रार छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो । जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। अस्पतालले परीक्षण स्वरुप आइसियु पनि सञ्चालन गरेको छ । जनशक्ति अभावका कारण हाल एउटा श्यया मात्र आइसियु सञ्चालनमा ल्याइएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए ।

भेन्टिलेटर सञ्चालनमा आएसँगै अस्पतालमा परीक्षणको रुपमा रहेको सघन उपचार कक्ष आइसियु पनि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए । आइसियु सञ्चालनका लागि भेन्टिलेटर अत्यावश्यक भएको उनले बताए । आगामी असारसम्ममा पाँच श्ययाको आइसियु तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ ।

Related Articles

Back to top button
Close