News

ट्राफिक प्रहरीद्वारा मकवानपुरमा चालकलाई फुलमाला !

मकवानपुरमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुशीलसिंह राठौरले जिल्लामा सुरक्षा संगै विभिन्न अभियान सञ्चालन गरेका छन् । राठौरले मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई फुलमाला र टिका लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन अनुरोध गर्दै शुभकामना दिए ।

हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा प्रहरीले नै फुलमाला लगाएपछि सवारीका चालक दंङग थिए । एक दशक देखी सवारी नियमको पुर्ण पालना गरी सवारी चलाउने चालक राधाकृष्ण थापा ‘राधेराधे’ लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्मान गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा १ चौकीटोलमा रहेको सुमो काउण्टर स्थलमा आयोजना गरेको कार्यक्रममा जिप्रका मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुशिलसिंह राठौरले थापालाई ढाका टोपी लगाइदिएर सम्मान गर्नु भएको हो । राठौरले सवारी दु’र्घटना न्युनिकरणको लागि चालकलाई सवारी सम्बन्धी सचेतना दिनु भएको थियो ।

यात्रुको जिवन चालकको हातमा छ, तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । साथै हेटौडा– कुलेखानी–काठमाण्डौ चल्ने टाटासुमोका चालकलाई यात्रुहरुलाई सुरक्षीत गन्तव्यमा पुर्याउन अनुरोध गर्दै शुभकामना समेत दिनुभयो ।

प्रहरीले हिजो र आज गरी चौकीटोल, भैंसे र भिमफेदी प्रहरी चौकीमा करीब ५ सय टाटा सुमोहरुलाई रोकी सम्भावित दु’र्घटनाबाट जोगिएर सवारी चलाउनु सचेत गराएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरी बिष्णु ढकालले जानकारी दिनुभयो । आजको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, सुमो व्यवसायी, सुमो काउन्टरका कर्मचारी लगायतको उपस्थितीे रहेको थियो ।

Related Articles

Back to top button
Close