News

प्रधानमन्त्री ओलीले थाले मन्त्रीपरिषद हेरफेरको तयारी अब यी मन्त्री आउट

काठमाण्डौ, १५ पुस । मन्त्रीपरिषदमा फेरबदल गरेको डेढ महिना नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी फेरबदल को तयारी थालेका छ्न ।

आज भोलि नै केहि मन्त्री हटाएर नयाँ अनुहारहरु मन्त्रीण्डलमा ल्याउने तयारी प्रधानमन्त्रीले गरेको श्रोतको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ३ फागुन २०७४ मा गठन भएको मन्त्रीपरिषदमा ४ मंसिर २०७६ मा फेरबदल गरिएको थियो । उक्त फेरबदलमा राज्यमन्त्री सहित नौ जनाको फेरबदल भएको थियो ।

त्यती बेला कार्य सम्पादन संतोषजनक नभएका केही मन्त्रीहरूलाई हटाउने तयारी भएपनि उनिहरु विभिन्न कारणले जोगिएका थिए । जोगिनेहरुमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खेलकुदमन्त्री जगत बहादुर सुनार र खानेपानीमन्त्री विना मगर थिए । कार्यसम्पादनमा कमजोर रहेका यी चार जनालाई हटाउने संभावना रहेको श्रोतको भनाई छ ।

समाजवादी पार्टी गतहप्ता सत्ताबाट बाहिरिए पछि कानुन र सहरी विकास मन्त्रालय रिक्त छ्न । सभामुखको निर्वाचन , पार्टी भित्र आन्तरिक सन्तुलन मिलाउन र सरकारलाई थप गतिसिल बनाउन मन्त्रीपरिषद तत्काल हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको श्रोतले बतायो । प्रधानमन्त्री ओलीले यो कुराको संकेत गत हप्ताको मन्त्रीपरिषदको बैठकमा गरेको श्रोतको भनाई छ ।

Related Articles

Back to top button
Close