News

प्रहरी अस्पतालकी डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं– नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवाका लागि सिफारिस भएकी छिन् ।

प्रहरी अस्पतालमा कार्यरत उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

प्रहरीको रिक्त प्राविधिकतर्फको एआइजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा परेकी हुन्। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा प्राविधिक तर्फको एआइजी पद रिक्त थियो।

Related Articles

Back to top button
Close