News

टिकटकमा भाइरल यी जुम्ल्याहा दिदीबहिनीलाई भारतीयले फिनल्यान्डका प्रधानमन्त्री र मन्त्री बनाइदिएपछि…!

एजेन्सी, १४ पुस । टिकटकमा भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा र दीपा र दमन्ता श्रेष्ठको फोटो अहिले भारतीय सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उनीहरुको फोटो फिनल्यान्डका कम उमेरका मन्त्रीहरू भनेर भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिन प्रधानमन्त्री भएसँगै विश्वभर उनको चर्चा चुलिरहेको बेला भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डबारे गलत तस्बिर फैलिरहेको हो ।

मरिन संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्री हुन् । मरिनको नेतृत्वको सरका पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन् । यसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै रहेको बताइएको छ ।

कतिपय पेजमा उनीहरूको नाम र पद पनि दाबी गर्दै पोस्ट गरिएको छ । एउटा पोस्टमा भनिएको छ- ‘फिनल्यान्डको नयाँ सरकार हेर्नुस् । दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२),प्रधानमन्त्री सान्ना मरिन(३४)र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४) । यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन् ।’

धेरैले यसमा लाइक गर्दै बधाइ तथा शुभकामना लेखेका छन् । यस बारेमा भारतीयहरू अलमलमा परेका बेला थुप्रै नेपालीहरूले यो पोस्ट झुटा भएको बताएका छन् ।

फिनल्यान्ड सरकारले नवनियुक्त मन्त्री र प्रधानमन्त्रीबारे गरेको ट्विटः

Related Articles

Back to top button
Close